चिनियाँ कम्युनिष्ट पार्टीद्वारा नेपालमा ‘सिल्क रोडस्टर’ फोरमको स्थापना

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा नेपालमा ‘सिल्क रोडस्टर’ फोरमको स्थापना

काठमाडौं । चीन र पूर्वी र दक्षिण एसियाली राष्ट्रबिच समन्वय गर्नका लागि चिनियाँ कम्युनिष्ट पार्टीले नेपालमा पनि ‘सिल्क रोडस्टर’ फोरमको स्थापना गरेको छ ।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआइआर) को स्थापना भएको १० वर्ष पूरा भएको अवसरमा यो फोरमको स्थापना भएको हो ।

बिहीबार भक्तपुरमा  ‘सिल्क रोडस्टर जोइन द राइड फर बेटर फ्युचर’ कार्यक्रमको आयोजना गरि यसको औपचारिक रुपमा स्थापना गरिएको हो ।

सो कार्यक्रममा चिनियाँ राजनीतिज्ञसहित नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङका साथै अन्य विभिन्न दलका नेताहरुसमेत उपस्थिति रहेको थियो ।

सोही अवसरमा भक्तपुरमा नागरिकहरुको स्वास्थ्य परिक्षणसमेत गरिएको थियो। ‘सिल्क रोडस्टर’ले प्राविधिक कौशल प्रशिक्षण, जनतालाई सेवाहरू, विदेशमा अध्ययन परियोजनाहरू, छोटो–अवधिक आदान–प्रदान, उद्योगहरू बीचको सहयोग, सांस्कृतिक प्रदर्शनी र आदान–प्रदान कार्यक्रमहरू संचालन गर्न दक्षिण पूर्वी र दक्षिण एशियाली देशहरूसँगको सहयोग गर्ने लक्ष्य राखेको जनाइएको छ ।

साथै यो फोरमले आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउनुका साथै जनताको जीवनमा सुधारमा सकारात्मक योगदान गर्ने उदेश्य राखेको छ ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *