
काठमाडौँ।
चीन सरकाले विदेशमन्त्री छिन काङलाई बर्खास्त गरेको छ। एक महिनायता सार्वजनिक स्थानमा नदेखिएका उनलाई चीन सरकारले पदबाट बर्खास्त गरेको हो।
चीन सरकार नियन्त्रित सीसीटीभीले छिन काङलाई पदबाट बर्खास्त गरिएको पुष्टि मंगलबार गरेको छ।
गत डिसेम्बर अन्तिममा पद सम्हालेका चिनियाँ विदेशमन्त्री छिन काङ तीन सातायता सार्वजनिक रुपमा देखिएका थिएनन्।
पछिल्लो पटक जुन २५ मा सार्वजनिक रुपमा देखिएका उनी त्यसयता देखिएका थिएनन् ।