काठमाडौं । कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजायसहित जरिवाना सुनाइएको छ ।
विशेष अदालतले शर्मासहित उमेशप्रसाद ढकाललाई ९ वर्ष र लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजायसहित जरिवाना सुनाएको हो ।
विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार उक्त सजायसहितको जरिवाना निर्धारण गरेको हो ।
तीनै जनासँग जनही २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो माग दाबी गरिएको छ भने तीनै जनालाई जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवाना माग गरिएको छ ।