चुनावी तालमेल आवश्यकता र ठाउँ अनुसार हुने : नेता सहसराम यादव ।


शत्रुघन खरविन्द , चैत १७ ,कपिलवस्तु ।।
लुम्बिनी प्रदेश को भौतिक पुर्बाधार बिकास मन्त्री तथा जनता समाजबादी पार्टीका संसदिय दलका नेता सहसराम यादवले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा चुनावी तालमेल आवश्यकता र ठाउँ अनुसार गरिने बताएका छन् । बुद्धभुमि नगरपालिका वडा नम्बर १० विजगौरी चौरहामा आयोजित प्रार्टी प्रवेश तथा आमसभा कार्य्रकममा सो कुरा बताउनु भएकोछ । कपिलवस्तुको १० वटै पालिकाहरुमा जसपा को बलियो प्रतिन्धित्व हुने सहसराम यादवले बताउनुभएको छ । पार्टी भित्र ईमानदार , जुझारु , कर्तब्यनिष्ठ नेता तथा कार्यक्रताहरुको प्रबेशले पार्टी बलियो बन्दै गएको यादवको भनाई रहेको छ ।
संविधानमा मधेसी ,मुस्लिम ,आदिवासी , जनजाति को अधिकार पुर्ण सुन्चित गर्न नसकेकोले अपुर्ण रहेको मान्त्र यादवले बताउनु भएको छ । संविधान सबैको लागि र पुर्ण सनुपातिक हुनुपर्ने यादवले जोड दिनुभएको छ । २०४७ सालमा जारी भएको संविधान विभेदकारी भएकोले र अहिले को संविधान मा सबैको अधिकार तथा प्रतिनिधित्व गर्नको लागि शांसोधन गर्नु पर्ने मन्त्री यादवले जोड दिनुभएको छ ।
मधेसी ,मुस्लिम ,आदिवासी , जनजाति लगायत लाई समबेश अधिकार दिन एक मात्र पार्टी जसपा रहेको र नेपाली कांग्रेस जबसम्म मधेस र तराईबाट हटादैन तब सम्म विकास नहुने उहाँ को जिकिर रहेको छ । देशमा गणतन्त्र नेकापा एमाले नचाहेको अरोप लगाउदै प्राप्ता उपलब्धिलाई संरक्षण गर्न को लागि गाठबन्धन बनेको बताउनु भएको छ । गत निर्वाचनमा मधेस प्रदेशबाट जसपा पुर्ण बहुमात बाट जितको शुरुआत गरेको र अब सबै प्रदेशमा जसपा जिते मात्र विकास हुने सहस राम यादव बताउनु भएको छ ।
कपिलवस्तु जिल्ला शिक्षा ,स्वास्थ, खानेपानी , यातायातमा लुम्बिनी प्रदेशबाट फड्को मर्ने तरिकाले कार्यहरु अगाडि बढीको मान्त्री यादवले बताउनु भएको छ । लुम्बिनी प्रदेश बाट कपिलवस्तुको विकासको लागि प्राथामिकतमा रखेको बताउदै बुद्धभुमि नगरपालिका वडा १० मा शिक्षा ,स्वास्थ ,कृषि ,यातायात, खानेपानी ,लगायत विकासको लागि अगमी दिनमा प्रथमिकतमा राखेर लुम्बिनी प्रदेश बाट बजेट विनियोजन गर्न यादव प्रतिबद्धात व्यक्ति गर्नु भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह बुद्धभुमि वडा १० मा जसपालाई जिताउन अग्रह पनि गर्नु भएको छ ।
पुर्ब महिला तथा बालबालिका मन्त्री तथा जसपा लुम्बिनी इन्र्चज दान बहादुर चौधरी देशमा काम नलाग्ने पार्टी नेकपा रहेको बताउनु भएको छ । देश विकासको बाधक नेकपा रहेका चौधारीले बताउनु भएको हो । भेषाभुषा देखि सबै ठाउँमा अहिले मधेसी लाई विभेद भाइरेको चौधारीले बताउनुभएके छ । अगमी दिनमा सही ,सक्षम र विकास प्रेमी नेता लाई मतदान गर्न उहाँले अग्रह गर्नु भएको छ ।
जसपा केन्द्रीय अनुशासन विभाग सायोजक तथा वरिष्ठ अधिवक्त नरसिंह चौधारी अहिले नगीरत विहिनहरुको लागि एक पटक जसपा जितानु पर्ने बताउनु भएको छ ।जंनसंख्य हिसाबले निर्वाचन हुनुपर्ने र जसपा जिते मात्र शिक्षा ,स्वास्थ्य ,विकास लगायतको लाहर आउने चौधारीले दावी गर्नभएको छ ।
विकासको लागि स्थानिय तह देखि नै समस्य रहेको जसपा सदस्य तथा कपिलवस्तु नगरपालिकाका भावी मेयर पदका उमेदवार आचल यादव (स्वामी) ले बताउनु भएको छ । कपिलवस्तु जिल्लामा बजेट समबेश तरिकले वितरण नभएको यादवले अरोप लागउनु भएको छ । जनप्रतिनिधि अएको ५ वर्ष भाइसकेको छ तर कसैलाई पालिकाहरुले योजना तर्जुमामा सहभागी नगराएको आरोप लगाउनु भएको छ । स्थानीयले अब आफ्नो जना प्रतिनिधि संगे प्रश्न गर्ने समय अएको यादवल भनाइ रहेको थियो । कार्यक्रममा उपास्थित सबै जनालाई जसपा नेपालको चुनवा चिन्ह छात मा मतादन गर्न अग्रह गर्दै पुर्ण सनुपातिक ,समबेश र जनसंख्या को अधरमा बजेट विनियोजन हुनु पर्ने उहाँले जोडदिनु भएको थियो ।
जसपा लुम्बिनी प्रदेशका सदस्य तथा बुद्धभुमि नगरपालिका वडा नम्बरका वडा अध्यक्ष सन्दीप कुमार पाण्डेयले जसपा पार्टी सबै को साथ सबै को विकास को साथ आगडी बढी रहेको बताउनु भएको छ । अहिले निर्वाचन को समय छ । निर्वाचनमा धेरै नेताहरु झुाठ अशवासन लिएर आउछन । जस्तै वर्षा यममा भ्यागुतो पानी परेपाछि बहिर आउछन त्यस्तै निर्वाचनको समयमा जनताको भोट लिन नेता आउछन र चुनाव पछि कत हराउछन कसैलाई थाहाँ हुदैन पाण्डेयले बताउनुभएको छ । त्यसैले मतदातले चनाखो भएर मतदान गर्ने आग्रह गर्नुभएको छ । नेकापा एमाले ,नेकापा मउवादी , नेपाली कंग्रेस पार्टी बर्षाै देखि चुनावा जितदै अएको तर अहिले सम्म केही बदालव नआएको भनेर उहाँले प्रश्न गर्नु भयो ।
कार्यक्रममा जसपा जिल्ला अध्यक्ष अध्यक्ष शैलेन्द्र यादव , मायादेवी गाउँपालिका अध्यक्ष तथा जसपा केन्द्रय सदस्य वजरगीं प्रसाद कुर्मी , रनम नेवास यादव , जसपा लुम्बिनी उपाध्यक्ष डा.अबदुल रासिद खाँ अबको स्थानिय चुनाव जनता समाजवादी पार्टी को पक्षमा हुने बताउन बताउनु भएको छ । कपिलवस्तुको १० वटै पालिकाहरुमा जसपा को बलियो प्रतिन्धित्व हुने निश्चितता र पार्टी भित्र ईमानदार , जुझारु , कर्तब्यनिष्ठ नेता तथा कार्यक्रताहरुको प्रबेशले पार्टी बलियो बन्दै गएको बताईएको छ ।
सोही कार्यक्रम जनता सामजवादी पार्टीे बुद्धभुमि नगरपालिका वडा नम्बर १०मा नेपाली कांगे्रस , नेकपा एमाले , नेकापा माओवादी केन्द्र लगायत पार्टीबाट २ सय भन्दा बढी जसपा नेपालमा प्रबेश गरेका छन । नवा प्रवेशीहरुलाई जनता सामाजबादी पार्टी केन्द्रिय अनुशासन विभागका सयोजक नर सिंह चौधरी , लुम्बिनी प्रदेशका संसदयि दलका नेता तथा लुम्बिनी प्रदेशका भौतिक पुर्वधार मान्त्री सहसराम यादव , मायादेवी गाउँपालिका अध्यक्ष बजरङ्गी कुर्मी , रामनेवस यादव , जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव लगायतले टिका लगाएर प्रवेश गरएका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *