चुम्बनबारे मुख खोलिन् पूजाले

चुम्बनबारे मुख खोलिन् पूजाले

९० को दशकमा बलिउड हल्लाउने अभिनेत्री पूजा भट्टले पछिल्लो समय सञ्चार माध्यममा खुलेर आफ्ना कुराहरू राख्दै आएकी छन्।

रियालिटी शो बिग बोस ओटीटी सिजन–२ मा सहभागी भएपछि लगातार सञ्चार माध्यममा अन्तर्वार्तँ दिइरहेकी उनी आफ्नो विगतस“ग जोडिएका विभिन्न घटना र राजबारे खुलेर कुराकानी गरिरहेकी छन्। हालै उनले आफ्नो पिता एवं निर्देशक महेश भट्टस“ग गरेको चुम्बनबारे मुख खोलेकी छन्। उनी चर्चामा रहेको बेला ९० कै दशकमा पिताका साथ ओठमा चुम्बन गरेको फोटो एक म्यागेजिनको कभरमा छापिएपछि यसको निकै आलोचना र चर्चा भएको थियो।

उनले सोही विषयमा सोधिएको प्रश्नको जवाफ दि“दै भनेकी छन् ‘मलाई आफ्नो पितास“ग लिप किस गरेकोमा कुनै पनि पछुतो छैन। किनभने, म यस्तो कुरालाई सामान्य ढंगले हेर्छु। उनले शाहरुख खानले पनि यो विषयलाई सामान्य रूपले लिएको सम्भ“mदै भनेकी छन् ‘शाहरुखले पनि भनेका थिए कि पिताको लागि आफ्नो बच्चा केवल एक बच्चा मात्र हुन्छ। चाहे उसको उमेर जति नै होस्। हुन पनि हो, म मेरो पिताको लागि अहिले पनि उस्तै सानी बच्ची हु“ र जिन्दगीभर उस्तै रहनेछु।’

पूजाले आफ्नो पितास“ग गरेको चुम्बनबारे मुख खोलेपछि यो विषयले फेरि चर्चा पाएको छ। म्यागेजिनमा उक्त फोटो छापिएपछि पिता र छोरीको सम्बन्धलाई लज्जास्पद तरिकाले प्रस्तुत गरिएको भन्दै उक्त तस्वीरको भारतभरि विरोध गरिएको थियो।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *