चेल्सी इएफएल कपको फाइनलमा

चेल्सी इएफएल कपको फाइनलमा

काठमाडौं ।

चेल्सी इएफएल कपको फाइनलमा पुगेको छ। गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा चेल्सीले मिडल्सब्रोलाई ६-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६-२ को नतिजा निकाल्दै फाइनलमा पुगेको हो।

चेल्सीको जितमा कोल पाल्मेरले २ गोल गरेका थिए भने एन्जो फेर्नानडेज, नोनी माडुएके र एक्सेल डिसासीले एक एक गोल गरेका थिए। त्यस्तै मिडल्सब्रोका जोनी होवसनले एक गोल आत्मघाती गोल गरेका थिए।

त्यस्तै मिडल्सब्रोका लागि मोर्गान रोजर्सले एक गोल गरेका थिए। यस अघि पहिलो लिगमा मिडल्सब्रोले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको थियो।

अब चेल्सीले लिभरपुल र फुलह्यामबीचको विजेतासँग फाइनलमा खेल्ने छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *