प्रभुनाथ गुप्ता , कपिलवस्तु , फाल्गुन ७
जिल्लाको शुद्धोधन गाउँपालिकामा चौथो शुद्धोधन राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि शुरु भएको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ जिल्लाको शुद्धोधन गाउँपालिकामा पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ शुरु भएको हो । खेल प्रतियोगिता वडा नं. २ स्थित बरगदवाको खेलमैदानमा शुरू भएको छ। खेल प्रतियोगिता कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ को २ बाट प्रदेश सभा सदस्य मधुसूदन शरण चौधरीले उदघाटन गरेका छन् ।
चौधरीले पालिकास्तरमा आयोजना हुने यस्ता खेलले खेलाडी को पहिचान र राष्ट्रिय एवम अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुर्याउने बताएका थिए । चौधरीले खेल खेलाडी उत्पादनमा मात्र नभई शारीरिक स्वास्थ्यका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेलाडीहरूलाइ अग्रिम शुभकामना व्यक्त गरेका थिए ।
यस्तै शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी , वडाअध्यक्ष तिलक राम यादव , वडाअध्यक्ष मनोज कुमार यादव , वडाअध्यक्ष महिब्बुदिन मुसलमान , वडाअध्यक्ष बिजय बहादुर यादव लगायतले कार्यक्रममा बोल्दै खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीलाई शुभकामना दिंदै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लास्तरीय खेलकुद प्रतियोगितामा विद्यार्थीहरुलाई सहभागी हुन मद्दत पुग्ने बताए का थिए ।
यसैगरी कार्यक्रममा खेल संयोजक लालचन्द्र पाण्डेयले खेलकुद विद्यार्थीहरुको लागि अपरिहार्य रहेको बताउँदै कार्यक्रम सफलताको शुभकामना दिए । शिक्षा शाखा प्रमुख धनी प्रसाद शर्मा लगायतले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले बिद्यार्थीको खेलकुद विकासलाई सकारात्मक टेवा पुग्ने दाबी गरेका थिए ।