पोखरा । छोरेपाटन माविले ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । मंगलबार विविध सांस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी, पिटी प्रदर्शन र पुरस्कार वितरण लगायत कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कार्यक्रम उद्घाटन गर्दै विद्यालयले कास्की जिल्लामै शैक्षिक क्षेत्रको विकासमा अग्रणी भूमिका खेलेको बताउँदै आगामी दिनमा पनि उत्तरोत्तर प्रगतिको कामना गरे । पोखरा १७ का वडाध्यक्ष राधिका शाही, सल्लाहकार तीर्थराज अधिकारी, सम्मानित व्यक्ति झपिन्द्रराज रेग्मी, अभिभावक श्रीराम सुवेदी, देवराज आचार्य, समाजसेवी ऋषभलाल तिमिला, विद्यार्थी विवेक पौडेल र श्रेया लामिछाने शुभकामना मन्तव्य राखेका थिए । प्रअ डिल्लीराम शर्माले विद्यालयको वार्षिक प्रतिवेदन र लेखा अधिकृत छविलाल पनेरुले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
सो अवसरमा विद्यालयलाई सहयोग गर्ने नेपाल प्राध्यापक संघका पूर्व केन्द्रीय अध्यक्ष प्राडा भूपति ढकाल ‘कमल’, अधिवक्ता सुकदेव गौतम, विव्यस सदस्य बावुराम लामिछाने, पूर्व विव्यस अध्यक्ष झपिन्द्रराज रेग्मी र पूर्व शिअसंघ अध्यक्ष रविलाल शर्मालाई सम्मान गरिएको थियो । त्यसैगरी, डम्बरसिहं÷सेतु स्मृति विद्यालयका प्रथम प्रअ क्षेत्रबहादुर कँुवर, पं पुण्यप्रसाद स्मृतिका खेमराज बराल (सप्रअ) र नारायणप्रसाद बराल (पूर्व विद्यार्थी), तुलसी स्मृतिका माधव बराल (पूर्व विद्यार्थी), लिलाधर स्मृतिका मायादेवी बराल र रमेश बराल, जनआन्दोलन पुरस्कारका गोविन्द्र गिरीलाई अक्षयकोष स्थापना गरेको सम्मान गरियो ।
२५ वर्ष शिक्षण गर्ने खेमराज बराललाई दीर्घसेवा पदक सम्मान र विद्यालयका तर्फबाट विभिन्न खेलमा सहभागी भई पुरस्कार ल्याउन सफल खेलाडी नारायणी भण्डारी र तेन्जिङ रोकालाई सम्मान गरिएको थियो ।
कार्यक्रमम सत्प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने शिक्षकहरु दिव्यश्वरी रेग्मी, गणेशप्रसाद तिमिल्सिना, लेखनाथ, टीका पौडेल, रेखा थापा, रोहित बराल, इन्द्र दहाल, गिरिधारी पोखरेल, ठाकुरप्रसाद पोख्रेल र उत्कृष्ट शिक्षक तथा कर्मचारी झरिमाया ढुंगाना, विद्या नेपाली, सीता शर्मा बराल, रमा वाग्ले, रेखा थापा, लीलानाथ आचार्य, इन्द्रप्रसाद दहाल, दीपक सुवेदी, माधव भट्टराई, रोशनप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो । भूपू विद्यार्थी मञ्चबाट जेहेनदार अनुशासन पुरस्कार कक्षा ११ की ज्योति तामाङलाई प्रदान गरिएको थियो ।
सोही अवसरमा विद्यालयको वार्षिक मुखपत्र ज्योत्स्ना अंक ३ लोकार्पण गरिएको थियो । विद्यार्थीले विज्ञान तथा प्रविधिको प्रदर्शनी गर्नुका साथै नृत्य, नाटक लगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे ।
विव्यस अध्यक्ष बद्रीनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रअ मेघनाथ पौडेलले स्वागत, शैक्षिक पुरस्कार सञ्चालन लीलाप्रसाद पराजुली, खेलकुद पुरस्कार सञ्चालन टीकाप्रसाद पौडल, अनुशासन÷हाजिरी पुरस्कार सञ्चालन दिव्यश्वरी रेग्मी र छात्रवृत्ति पुरस्कार युवराज सृवेदीबाट भएको कायक्रमको संयोजन सहायक प्रअ खेमराज÷मेघनाथ पौडेलले गरेका थिए भने शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रबहादुर खत्रीले धन्यवाद ज्ञापन गरेका थिए । वार्षिकोत्सवको पूर्वसन्ध्यामा युवा रेडक्रस सर्कलले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको सर्कलका सभापति सुशान्त सुवेदी र शिक्षक नायक युवराज सुवेदीले बताए ।