जनगायक नवीनको सिन्धुलीमा धमाका 

जनगायक नवीनको सिन्धुलीमा धमाका 

मौसम सेलाउँदै थियो, चारैतिर डाँडाकाँडाले भरिएको मरिण उपत्यका गीत सङ्गीतले तात्दै थियो ।  सिन्धुलीको मरिण गाउँपालिका चार स्थित रङ्गशालामा बृहत् मरिण साँस्कृतिक एवम् पर्यटन महोत्सव समापन समारोह चलिरहेको थियो । यही  महोत्सवको समापनको दिनमा अतिथि कलाकारको रुपमा आमन्त्रण गरिएका थिए जनताका जनजनका गायक नवीन पौडेल । सिन्धुली उद्योग वाणिज्य संघ मरिण शाखाको आयोजनामा आयोजित महोत्सव अध्यक्ष चिनध्वज बम्जनको अध्यक्षतामा भएको थियो ।

समापन समारोहको प्रमुख अतिथि मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यात थिए। गाउँपालिकाका उपाध्यक्ष विमला माझी, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, पूर्व गाउँपालिका अध्यक्ष पानीराज बम्जन, गापा कार्यकारी प्रमुख ओम बहादुर  दर्जी, नेपाल रेडक्रस सोसाइटी सिन्धुलि साखाका प्रमुख अशोक श्रेष्ठ विभिन्न राजनीतिक दलका प्रमुख एवं  प्रतिनिधिहरु अतिथि थिए ।

पुस छ गतेदेखि सञ्चालित महोत्सव आज समापन भएको हो । यही  समापन समारोहकै बिचबिचमा नवीन पौडेलले प्रस्तुति दिइरहेका थिए।
उनले गीतमार्फत जनतालाई जागरुक हुन प्रेरित गरिरहेका थिए। उनले भनिरहेका थिए– “ब्यथिती नै ब्यथिती छ सुध्रीनेहो कहिले पहिला बरु राम्रै थियो झन बिग्रीयो अहिले कोही  भन्छन राजा आऊ देश बचाउ कोही  भन्छन दलहरुको मति सच्याउ मत भन्छु यो देशलाइ कायापलट गरने धर्ती पुत्र आऊ लेउ खुकुरी लेउ जनता लेउ खुकुरी लेउ भ्रष्टाचारी जतिलाइ पुर्याइदिउँ छेउ“।

उनले यो गीत प्रस्तुत गरिरहँदा उपस्थित वृद्ध वृद्ध , आमा बुवा, दाजुभाइ दिदिबहिनी  युबा युवती लगायत हजारौँ दर्सकले उनी सङ्गसङ्गै गीत गाइरहेका हुन्थे। मानौ दर्सहरु सबै गायक जस्तै ढल्किसकेको रात र चिसो मौसमको प्रवाह नगरी पौडेललाई साथ दिइरहेका थिए सबैले सङ्गसङ्गै गाइरहेका थिए।

उनका गीतमा साँच्चिकै जनताका भावना, यथार्थता, समयसापेक्षता, भ्रष्टाचार एवम् ब्यथिती प्रति तीखो ब्यंग्यबाणका शब्द पाइन्थ्यो। उनले लेउ खुकुरी लेउ भन्न नपाउदै दर्सक दिर्घा बाट आवाज आउथ्यो भ्रष्टाचारिजतिलाइ पुर्याइदिउँ छेउ। वान्स मोर वान्स मोरको आवाजमा घेरिएका नबिनले करिब आधा दर्जन गीत प्रस्तुत गरे।

“मत हजुर निजामतीको म पनित स्वतन्त्रै छु आँखा त लाग्लान् कतिको“ “मत हजुर न्याय सेवाकी म पनित स्वतन्त्रै छु होइन म कोहिको पेवाकि“ यो गीत उनको बजारमा आउदै गरेको नया गीत रहेछ। यो गीत गाउदा पनि दर्सकले उत्तिकै साथ दिए। के सम्झनु छर जान्न मत त्यो घर, घर मेरो सुदुरपश्चिम, हरहर बासना अगरबत्तीको, बुलाँकी झुम्काना, मन परेरै हो मन परेरै हो मैले तिम्लाइ हेरेको मन परेरै हो लगायतका गीत प्रस्तुत गरिरहँदा दर्सकले उत्तिकै साथ दिइरहेका थिए।

पाल्पा जिल्लाको बगनासकालि गाउँपालिका दर्लमडाडामा बुबा लिलाधर पौडेल र आमा कमलादेवी पौडेलको कोखबाट २०३६  सालमा जन्मिएका गायक पौडेलले सिन्धुलीमा पनि जन्मभूमिमा जत्तिकै माया पाएको अनुभूति हुन्थ्यो।

त्यसो त साङ्गीतिक यात्राकै क्रममा नेपालका लगभग सबैजसो भूभाग र विश्वका धेरै मुलुकहरु अस्ट्रेलिया, जापान, जर्मनी, लक्जेम्बर्ग, बेल्जियम, इटली, डेनमार्क, स्विजर्ल्याण्ड, स्विडेन, हल्याण्ड, नेदरल्यान्ड युएई, कतार, थाइल्यान्ड, सिंगापुर, मलेसिया, इन्डिया, बाङ्लादेश लगायतका देशै देशहरुमा गएर त्यहा रहेका नेपालीहरूलाई नचाइसकेका छन्।

जनताका चेतनाका गीत गाएर नै होला तत्कालीन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी बाट जनसेवाश्री चतुर्थ, संस्कृति मन्त्रालय बाट पचास हजार नगदसहित बाग्मती प्रादेशिक प्रतिभा पुरस्कार, बाग्मती प्रदेश सरकार बाट कलाकृति मानपदवी, र अमेरिकाको टेक्सास राज्य स्थित हेम सरिता पाठक फाउन्डेसन बाट सर्वोत्कृष्ट भ्रष्टाचार विरोधी गीत गाए बापत एक लाख तेत्तिस हजार नगद सहित अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार पनि प्राप्त गरेका छन्।

उनी  अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपालका उपाध्यक्ष, कलाकार कल्याणकारी कोषका सदस्य, राष्ट्रिय लोक भजन संस्कृति संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एवं लोक संस्कृति संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय महासचिव समेत रहेका छन् ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *