जसपा नेपाल, कपिलवस्तुद्वारा बहादुरगन्जमा विरोध कोणसभा

कपिलवस्तु, २०८२ मंसिर १५ — जनता समाजवादी पार्टी नेपाल (जसपा) कपिलवस्तुले बहादुरगंजमा आज आयोजना गरेको विरोध कोणसभामा संघीयता, सुशासन र समाजवादको संरक्षण तथा जनजीविकासँग सम्बन्धित प्रमुख मागहरू अघि सार्दै सरकारलाई कडा संदेश दिएको छ। निर्वाचन क्षेत्र नं. ३ समितिद्वारा आयोजित कार्यक्रम विभिन्न तह–स्तरका नेता तथा स्थानीय नागरिकको उल्लेखनीय सहभागितासहित सम्पन्न भयो।

कार्यक्रमलाई जिल्ला अध्यक्ष शैलेन्द्र यादव, प्रदेश सचिव शिवपूजन यादव, र केन्द्रिय सदस्य रामबरन प्रसाद यादव सहितका नेताहरूले सम्बोधन गरेका थिए। वक्ताहरूले संसद/प्रदेश निर्वाचन क्षेत्र पुनःनिर्धारण, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू, तथा ‘जन जी (युवा पुस्ता)’ ले आन्दोलनका क्रममा उठाएको जायज माग तत्काल पूरा गर्न सरकारलाई दबाब दिए।

त्यसैगरी आन्दोलनका क्रममा भएको दमन, ज्यादती तथा छानबिन समितिका प्रतिवेदनहरू सार्वजनिक गर्नुपर्ने माग पनि सशक्त रूपमा उठाइयो। किसानलाई सहज ऋण, मलखाद र बिउ–विजन उपलब्ध गराउनुपर्ने तथा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्नेमा नेताहरू एकमत देखिए।

नेताहरूले सरकारले जनताको आवाज बेवास्ता गर्न नहुने चेतावनी दिँदै मागहरू कार्यान्वयन नभए थप सशक्त आन्दोलनमा जान बाध्य हुने बताएका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *