
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ । आइतवारदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारीका लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतवारदेखि जसपाको विधान अधिवेशन हुँदैछ । आज बस्ने बैठकले केन्द्रीय समितिबाट मस्यौदा विधान पारित गरे पछि विधान अधिवेशनमा प्रस्तुत हुनेछ ।
विधान अधिवेशनमा केन्द्रीय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरू सहभागी हुदैँछन् ।
प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर विधान माथि छलफल हुने र पारित गर्ने प्रमुख अजेन्डा रहेको छ ।
विधान अधिवेशनले संघीय परिषद खारेज गरेर पुनः एकल नेतृत्वमा फर्कने गरी तयार पारिएको विधान अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् ।