जापानमा घन्किँदै नेपथ्य

जापानमा घन्किँदै नेपथ्य

लोकप्रिय लोक रक ब्यान्ड नेपथ्यले श्रृंखलाबद्ध कन्सर्टका क्रममा जापानमा कन्सर्ट गर्ने भएको छ।

जापानको राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि फुकुओका र ओसाका सहरका मञ्चमा आफूलाई उभ्याउने तयारी नेपथ्यको छ। नेपथ्य अगस्त ८ तारिखका दिन टोकियोस्थित तोयोसु पिटमा प्रस्तुत हुनेछ भने १२ तारिखका दिन फुकुओका सिभिल हल र अन्तिममा अगस्त १७ तारिखका दिन ओसाकास्थित नाम्बा ह्याचमा नेपाली लोकरक गुञ्जाउने तयारीमा छ। नेपथ्य पहिलोपटक १९९८ मा जापानमा प्रस्तुत भएको थियो। ब्यान्ड पछिल्लोपटक सन् २०१८ मा टोकियो डोममा प्रस्तुत भएको थियो।

जापानसँग धेरै सम्झना जोडिएका छन्ु ब्यान्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन् जापानसँग जोडिएका मिठा यादमध्ये केही वर्षअघि टोकियो डोममा हामीले पाएको भव्य मायाको अनुभूति पनि हाम्रो लागि अविष्मरणीय रछ। आफूहरु जुनसुकै परिस्थिति र स्वरुपमा पुग्दा पनि जापानका दर्शकले नेपथ्यलाई सदैव न्यानो हृदयका साथ स्वागत गर्दै आएको अमृतले सुनाए। सन् २०१५ मा विनाशकारी भूकम्पलगत्तै जापान पुगेको बेला त्यहाँस्थित अग्रणी टेलिभिजन कम्पनी एनएचकेले अमृतको अन्तवार्तासहित नेपाल र नेपथ्यलाई चिनाउने गरी झण्डै १५ मिनेट लामो भिडियो रिपोर्टसमेत प्रस्तुत गरेको थियो। कियोस्का साइले तयार पारेको त्यो भिडियोको छोटो अंश एनएचकेको सर्वाधिक महङ्कवको मानिने प्राइम टाइम न्युजमै देखाइएको थियो। त्यो यात्रालाई नेपथ्यले भूकम्प पीडितलाई राहतको निम्ति जनचेतना फैलाउने मञ्चका रुपमा प्रयोग गरेको थियो भने त्यसबाट ब्यान्डले गरेको आर्थिक आर्जन प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको थियो।

सन् २०२३ भरि नेपथ्यका सबै प्रस्तुतिलाई मानवताका लागि संगीतको नारासहित मानवता प्रवद्र्धन अभियानको श्रृंखलाको रुपमा प्रस्तुत गर्ने सोचअनुरुप यसपालिको नेपथ्य जापान शृंखला अघि बढ्ने ब्यान्डले जनाएको छ।

सधैंझैं जापानमा पनि अमृतलाई डझमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउनेछन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *