जावेद विवादबाट मुक्ति चाहन्छिन् कंगना

जावेद विवादबाट मुक्ति चाहन्छिन् कंगना

काठमाडौं ।

बलिउड अभिनेत्री कंगना रनावत लगातार विवादमा छाइरहने अभिनेत्री हुन्। विभिन्न विषयलाई लिएर विवादमा तानिएर चर्चामा रहने उनी हाल भने आफूले शुरु गरेको विवादको अन्त्य गर्न लागेको कारण चर्चामा छिन्।

आइतबार कंगना आफूसँग जोडिएको विवाद बन्द गर्न माग गर्दै मुम्बई उच्च अदालतको ढोका ढकढक्याउन पुगेकी छन्। भारतिय सञ्चार माध्यमका अनुसार सन् २०२० मा एक अन्तर्वार्ता दिने क्रममा कंगनाले बलिउड गीतकार जावेद अख्तरका बारेमा केही प्रतिक्रिया जनाएकी थिइन्।

जसमा उनले जावेदस“गको एक घटनाबारे बताएकी थिइन्। कंगनाले सन् २०१६ मा पूर्व प्रेमी तथा अभिनेता ऋतिक रोशनसँग विवाद चलिरहेको बेला जावेदले आफूलाई धम्की दिएको दाबी गरेकी थिइन्।

कंगनाले जावेदले उनलाई ऋतिकका मानिसले जेल हाल्ने र आफूलाई आत्महत्या गर्न मजबुर पार्ने भन्दै धम्की दिएको र त्यसका कारण आफू डरले कामेको दाबी गरेकी थिइन्।

सो भनाइप्रति जावेद अख्तरले आपत्ति जनाउँदै कंगनाले आफ्नो बारेमा आपत्तिजनक टिप्पणी गरेकाले मानहानीको मुद्दा दर्ता गराएका थिए।

जावेदले रमेश अग्रवाल नामक एक डक्टर आफ्नो साथी भएको तथा ती साथीले ऋतिक र कंगनाबीचको विवादमा कंगनालाई सल्लाह दोओस् भन्ने चाहेका कारण कंगनास“ग कुराकानी भएको प्रष्ट्याएका थिए। ‘म कंगनालाई राम्रोस“ग चिन्दिनथेँ। मेरो साथी कंगनाको डाक्टर रहेछन्।

उनी मैले कंगनासँग ऋतिक र उनीबीचको विवादमा सल्लाह दिउन् भन्ने चाहथे। त्यसैले मैले कंगनालाई फोनमा हामी के विषयमा कुराकानी गर्दैछौं भनेर जानकारी दिएर आफ्नो घरमा बोलाएको थिएँ।

जब मैले कुराकानी शुरु गरेँ, कंगना सो बारेमा गरिएको कुराकानी सुन्न तयार थिइनन्। त्यसपछि मैले कुराकानीको विषय अन्तै मोडेको थिएँ’ जावेदले गत जुनमा मुम्बई अंधेरी अदालतमा दिएको बयानमा भनेका थिए।

त्यसपछिका दिनमा जावेद र कंगनाविच भनाभन भइरहेको थियो। कंगनाले पनि जावेदप्रति केही आरोप लगाउँदै केस दर्ता गरेकी थिइन्। सन् २०२३ को जुलाईमा अदालतले कंगनाको मुद्दा स्थगित गरिदिएको थियो।

भारतीय सञ्चार माध्यमहरूका अनुसार अब भने कंगना आफैँले सो मामलामा रोक लगाउनका लागि अदालतलाई गुहारेकी छन्। समाचारमा जनाइएअनुसार कंगानले जावेद अख्तरले आफूमाथि लगाएको आरोपबारे मात्र सुनुवाइ भएमा आफूमाथि अन्याय हुने बताएकी छन्।

त्यसैले उनी आफूद्वारा दर्ता गरेको मुद्दामा रोक लगाएर यो विवादबाट बाहिर आउन चाहन्छिन्। यस मामलामा अदालतले आज मंगलबार सुनुवाइ गर्ने समाचारमा उल्लेख छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *