जितुको हास्यव्यंग्य गाईजात्रा

जितुको हास्यव्यंग्य गाईजात्रा

हास्यव्यग्यको पर्व गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्यकलाकार जितु नेपालले यसपटक डिजिटल प्लेटफर्ममार्फत गाईजात्रे प्रस्तुति प्रस्तुत गरेका छन्।

जितुले बिहीबार डिजिटल रुपमा जितुको हास्यव्यंग्य गाईजात्रा– २०८० का नामा आप्mनै युट्युब च्यानलमार्फत दर्शकलाई मनोरञ्जन दिन शुरु गरेका हुन्। हरेक दुई दिनमा आधा घण्टाको हास्यव्यंग्य कार्यक्रममार्फत भदौ २० सम्म विभिन्न विषयमा व्यंग्यमार्फत मनोरञ्जन दिने जितुले बताए। जितुको हास्यव्यंग्य गाईजात्रा– २०८० मा उनका अलावा हास्य कलाकारहरु सुरेन्द्र केसी (मुला साग), दमन रुपाखेती, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), प्रभात लामा, दिनेश काफ्ले, विपना बस्नेत (नक्ली हिसिला यमी), एलिना बास्कोटालगायतका कलाकारको समेत प्रस्तुति रहनेछ।

उनको दोस्रो कार्यक्रम भने स्टेजमार्फत कमेडी यात्रा हुनेछ। सिमरा, हेटौंडा, विरानटर लगायतका शहरमा हुने कार्यक्रममार्फत उनले अन्य कलाकारका साथ देशका विभिन्न स्थानको यात्रा गरी स्टेजमार्फत कमेडीको स्वाद दर्शकलाई पस्किनेछन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *