जिल्लामै पहिलो पटक फरक शैलिमा अवधी संस्कृति संरक्षण कार्यक्रम

कपिलवस्तु , जेठ २०
जिल्लाको कृष्णनगर नगरपालिकामा निकै फरक र रचनात्मक शैलीमा अवधी संस्कृति संरक्षण कार्यक्रम सम्पन्न भएको छ। परमपरागत भेषभुसामा शुसज्जित स्थानीय कलाकारहरुको प्रस्तुति साथ कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा आयोजक , कलाकार र अतिथिहरु अवधी सान्स्कृतिक पोशाक धोति कुर्ता र गम्छाले शुसज्जित थिए ।
यस्तै कार्यक्रममा मुख्य अतिथिलाइ मंचमा बस्न कुर्सी सोफाको सट्टा खटियाको ब्यवस्थापन गरिएको थियो । कार्यक्रममा झर्‍आ नाच , कहरौवा , अहिरहुवा , धोबिहवा , बिरहा लगायतका अवधी संस्कृतिका नाच गान प्रस्तुत गरिएको थियो । यस्तै कार्यक्रममा सबैभन्दा रोचक नास्ता रहेको थियो । नास्तामा आधुनिक परमपरालाइ हटाउदै अवधी संस्कृतिक खानाको परिकार पुडि ,सब्जि , गुलगुला , सोठौरा लगायत खुवाइएको थियो ।

यसैगरी कार्यक्रमका मुख्य अतिथि रहेका कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले आफ्नो भाषा , भेष , रहनसहन , खानपिनमा सबैले गर्ब गर्नुपर्ने र यसको संरक्षण आवस्यक रहेको बताउनुभएको छ। सो कार्यक्रम कृष्णनगर नगरपालिकाको सहयोग , अवधी पत्रकार संघको समन्वयमा निरहु यादव बाट संचालित अवध जागरण मिडिया प्रालि ले आयोजना गरेको थियो ।

सो कार्यक्रम कृष्णनगर नगरपालिकामा अवस्थित उधोग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top