जुम्लाबाट चुनाव लड्ने ज्ञानेन्द्र शाहीको घोषणा

कठमांडौ

फ़ाइल फ़ोटो

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही आगामी प्रतिनिधिसभा चुनावमा जुम्लाबाट लड़ने भएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा लड़ने घोषणा गरेका हुन् । 
पार्टीका नेता कार्यकर्ताले आफूलाई देशका विभिन्न क्षेत्रबाट चुनाव लड्न आग्रह गरे पनि आफूले जन्मथलो जुम्ला रोजेको उनले बताए । काठमाडौं, चितवन, रुपन्देही, झापा, कैलालीबाट चुनाव लड्न आग्रह आए पनि आफूले जुम्ला रोजेको शाहीले बताएका छन् । कुनै पनि दलविरुद्ध आफ्नो उम्मेदवारी नभई जुम्लाको आर्थिक स्तर उकास्नका लागि भएको शाहीको दाबी छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top