जेलबाट ज्याकलिनको सपना पूरा गर्ने प्रेमपत्र

जेलबाट ज्याकलिनको सपना पूरा गर्ने प्रेमपत्र

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजका लागि कथित भारतीय ठग करोडपति सुकेश चन्द्रशेखरले जेलबाट एक पत्र लेखेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले पत्रमार्फत ज्याकलिनको पशु अस्पताल खोल्ने सपना रहेको र छिट्टै आफूले सुविधा सम्पन्न पशु अस्पताल खोलिदिएर उनको सपना पूरा गर्ने दाबी गरेका छन्। उनले पत्रमार्फत कुकुर, बिरालो, घोडालगायतका जनावरको उपचारका लागि बेंगलोरमा एक अस्पताल खोल्ने र पशुहरूको निःशुल्क उपचार गर्ने उल्लेख गरेका छन्। जनावरलाई निकै माया गर्ने ज्याकलिनको लागि २५ हजार स्क्वायरफुटमा २५ करोड रुपि“याको लगानीमा निर्माण हुने उक्त अस्पतालको निर्मँण कार्य शुरु भसकेको उल्लेख गरेका छन्।

‘हाम्रो साथमा देशकै शानदार पशु चिकित्सक हुनेछन् र उनीहरूको निःशुल्क उपचार र सर्जरी हुनेछ, तिमीले चाहेजस्तै मेरी रानी। मलाई आशा छ कि, यो खबरले तिम्रो म्ुहारमा हाँसो ल्याउनेछ। तिम्रो माया एक मात्र त्यस्तो चिज हो, जसले मलाई तागत दिइरहेको हुन्छ’ पत्रमा ज्याकलिनप्रति खुल्ला माया दर्शाउँदै उनले लेखेका छन्।

दुई करोड भारतीय रुपियाँ अपचलनको आरोप लागेका सुकेश भारतको तिहाड जेलमा छन्। सुकेशले सोही केसमा मुछिएकी ज्याकलिनसँग आफ्नो प्रेम सम्बन्ध रहेको दाबी गर्दैै आएका छन्। सुकेशबाट महँगो रकमका विभिन्न उपहार लिएको प्रमाणित भएपछि ज्याकलिनलाई भारतीय प्रर्वतन निर्देशनालयले विदेश भ्रमणमा समेत रोक लगाएको थियो। पछिल्लो समय भने विदेश जानुभन्दा अघि जानकारी मात्र गराए पुग्ने भन्दै कानुनी रूपमा सहज गराएको थियो।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *