जोडा फरिया सार्वजनिक

जोडा फरिया सार्वजनिक

ख्यातिप्रँप्त अभिनेता मदनकृष्ण श्रेष्ठका साथमा सरिता शाही र रोजी डंगोल श्रेष्ठद्वारा स्वरबद्ध नेपाल भाषाको गीत ज्वरा ज्वरा पर्सी (जोडा जोडा फरिया) को भिडियो सार्वजनिक गरिएको छ।

गीत गंगाबहादुर मालीले रचना गरेका छन् भने यसको भिडियो रामकृष्ण खड्गीले निर्देशन गरेका छन्। भिडियोमा मदनकृष्णका साथमा अभिनेत्रीद्वय वसुन्धरा भुसाल र सूर्यमाला शर्मा खनालले अभिनय गरेका छन्।

मह जोडीका हु हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मदनकृष्ण सूर्यमाला शर्मा, पत्रकार विजयरत्न अशंबरे, गायिका रोजी डंगोल, रामकृष्ण खड्गीलगायतले सार्वजनिक गीत र भिडियोबारे चर्चा गरेका थिए। भिडियोमा छायांकन लुजः सिंहं र सम्पादन बालकृष्ण वंशीको रहेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *