झलनाथ खनाललाई धारे हात देखाउदै कार्यक्रममा हुल दङ्गा गर्ने सन्तोष राजावादीसहित ९ जना पक्राउ

झलनाथ खनाललाई धारे हात देखाउदै कार्यक्रममा हुल दङ्गा गर्ने सन्तोष राजावादीसहित ९ जना पक्राउ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका कम्युनिष्ट नेता सहभागी ‘नागरिकता विधेयक र देशको सीमा रेखा’ सम्बन्धी साझा कार्यक्रममा हुल दङ्गा र नाराबाजी गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा नेता खनाल, नेकपा क्रान्तिकारी (माओवादी) का सिपी गजुरेल र पूर्वगभर्नर डा. दीपेन्द्र क्षेत्री सहभागी कार्यक्रममा हुल दङ्गा र नाराबाजी गर्ने नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्ने अन्यमा धादिङ सलाङ गाउँपालिका–४ घर भई काठमाडौँ बस्ने ३० वर्षीय सन्तोष राजावादी, बाँके कोहलपुर महानगरपालिका–१ का २८ वर्षीय सतिश राजावादी, रामेछाप सुनपाती–५ का २१ वर्षीय तारा राजावादी, सिन्धुली तिनपाटा–१० का २७ वर्षीय क्षितिज चौलागाई, पाल्पा रामपुर–५ का २० वर्षीय आकाशकुमार भट्ट, बारा निजगड–४ का २८ वर्षीय सुजन राजावादी, सोही ठाउँका २० वर्षीय अर्पण खड्का र २४ वर्षीय निश्चल राजावादी तथा रुपन्देही देवीनगर–१७ का ३१ वर्षीय रितेश केसी छन् ।

उनीहरुलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ । कार्यक्रममा सन्तोष राजावादीले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गर्नुका साथै अन्यले सामूहिकरुपमा नाराबाजी गरेका थिए ।

पूर्वप्रधानमन्त्री खनालविरुद्ध उक्त समूहले आक्रोशित हुँदै नारावाजी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *