टिकटकले १८ वर्षपछि ब्युँतायो आनन्द र प्राश्नाको बादल वर्षा बिजुली

टिकटकले १८ वर्षपछि ब्युँतायो आनन्द र प्राश्नाको बादल वर्षा बिजुली

१८ वर्षअघि निर्मित फिल्म कर्तव्यको गीत बादल वर्षा बिजुली पछिल्लो अहिले आएर सामाजिक सञ्जाल टिकटकमा अचानक भाइरल भएपछि पुनः रेकर्ड गरी नयाँ भिडियोसहित सार्वजनिक गरिएको छ।

गीत टिकटकबाट भाइरल भएसँगै युट्युब लगायतका विभिन्न प्लेटफर्ममा करोडौंपटक हेरिएका कारण यसलाई नयाँ भर्सनमा ल्याइएको हो। टिकटकका कारण पुनर्जीवित गीतमा गायक आनन्द कार्की र गायिका प्राश्ना शाक्यले पुनः स्वर भरेका छन्। पुरानो भर्सन फणिन्द्र राईले एरेन्ज गरेका थिए भने नयाँ भर्सनको गीतमा उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ। राजधानीमा हालै आयोजित कार्यक्रमबीच गीत नयाँ भिडियोसहित सार्वजनिक गरिएको हो। सुव्रत आचार्यले निर्देशन गरेकोे भिडियोमा बिजु पार्की र कविता नेपालीले अभिनय र नृत्य गरेका छन्। कोरियोग्राफर प्रवीण सिंहले बिजु र कवितलाई आकर्षक ढंगले पानीमा जोडदार रुपले नचाएका छन्। भिडियोको क्रियटिभ निर्देशक जया शर्मा हुन् भने छायांकन उत्सव दाहाल र सम्पादन बिजेश पौडेलले गरेका छन्।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै गायक कार्कीले वर्षौंपछि गीतलाई ब्युँताइदिएकोमा टिकटक प्रयोगकर्तालाई धन्यवाद दिए। उनले १८ वर्ष पहिले नै आफूले गाएको गीत अहिलेको पुस्तालाई समेत मन परेकोमा खुसी व्यक्त गरे। गायिका शाक्यले १८ वर्ष पहिले पनि लोकप्रियता पाएर स्टेजमा गाएको गीतको सम्झना गर्दै पुनः चर्चामा आउँदा सपनाभैm महशुस भएको बताइन्। गीतकार करुण थापाले यो गीत लेख्दा लागेको समय र परिवेशको चर्चा गरे। गीतका संगीतकार सचिन सिंहले पनि गीत तयार पार्दाका विभिन्न आयामबारे सुनाए। गीतको अडियोको प्रतिलिपि अधिकार यो गीत रहेको फिल्म कर्तव्यसँगै साइराम पिक्चर्सले लिएको थियो। गीतको नयाँ भिडियो भने गायक कार्कीको युट्युब च्यानलमा अपलोड गरिएको छ।

नयाँ भर्सनको गीत र यसको भिडियो युट्युबमा झन्डै दुई लाखपटक हेरिसकिएको छ भने गीतको चर्चा भारतीय सञ्चार माध्यमले पनि गरिरहेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *