
काठमाडौं । टीआरसी अर्थात संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे बहस चर्चा सधैं नै हुने गर्छ । यस विधेयकलाई थप सशक्त बनाउन समय–समयमा छलफलहरु पनि भइरहेकै हुन्छन् । तर, संक्रमणकालीन न्यायले अझैपनि निकास पाउन नसकेको छैन । किन यसरी अल्झिरहेको छ त संक्रमणकालीन न्याय ? टीआरसीबारे के भन्छन् त नेताहरु ?
टीआरसी विधेयकबारे चर्चा गर्दा सबै एक ठाउँमा उभिनु पर्छ भन्ने निश्कर्ष प्राय सबै नेता तथा सांसदहरुको हुन्छ । तर संक्रमणकालीन न्यायले अझै पूर्णता पाउन सकेको छैन ।
शुक्रबार समेत यस विषयमा छलफल भयो अनि संसदीय समितिले त उपसमिति नै गठन गरेर अध्ययन प्रतिवेदन तयार पार्न भनेको छ ।
छलफलका क्रममा संक्रमणकालीन न्यायलाई टुङगो लगाउन सबै सांसदहरु पनि एक ठाउँमा देखिन्छन् ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकको भनाई समेत उस्तै छ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुंगोमा पु¥याउन सम्बन्धित पक्षसँग छलफल गर्न जरुरी रहेको उनी बताउँछन् ।
अन्य नेताहरुपनि राजनीतिक, कानूनी अफ्ठ्यारा पन्छाएर चाँडै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंगोमा पुयाउन जरुरी रहेकाले अब यसमा सबैले तदारुकता देखाउनु पर्नेमा जोड दिइरहेका छन् ।
उनीहरु मात्रै होइन अन्य सांसदहरु पनि विधेयकलाई लम्ब्याउन नहुनेमा एकमत देखिन्छन् । संक्रमणकालीन न्यायलाई पूर्णता नदिएसम्म यो विषय थप गिजोलिने भएकाले समाजलाई एउटा चरणबाट अर्को चरणमा पुगेको अनुभुतिकालागि समेत सरकारले टीआरसी विधेयकमा विशेष कदम चाल्नु आवश्यक देखिन्छ ।