टेलरिङ्ग व्यवसायी महासंघको अध्यक्षमा श्रेष्ठ चयन

टेलरिङ्ग व्यवसायी महासंघको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौँ । नेपाल टेलरिङ्ग व्यवसायी महासंघको अध्यक्षमा सतिश श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

काठमाडौँमा भएको राष्ट्रिय अधिवेशन तथा तेस्रो साधारण सभा मार्फत महासंघको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।

महासंघको अध्यक्षता लिएसँगै श्रेष्ठले आफू सधैँ टेलरिङ्ग व्यवसायीहरुको हकहितमा लागिपर्ने बताएका छन् । साथै टेलरिङ्ग क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै थप रोजगारका अवसरहरु सृजना गर्ने र यस क्षत्रमा देखिएका विभिन्न समस्याहरु समाधान गर्नतर्फ लाग्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।

यस्तै महासंघको वरिष्ठ उपाध्यक्षमा राजमान महर्जन चयन भएका छन् । त्यसैगरी उपाध्यक्ष पदमा ६ जना चयन भएका छन् । जसमा हरिमाया परियार, सुदिप गणेश, सोम अछामी, पुर्ण महर्जन, धन बहादुर परियार, र दिपक परियार रहेका छन् ।

त्यस्तै महासचिवमा रमा नाथ श्रेष्ठ चयन भएका छन् भने सचिवको जिम्मेवार मिना गोपालीलाई प्रदान गरिएको छ । सह सचिवको जिम्मेवारी अन्जन गौतमलाई प्रदान गरिएको छ ।

त्यस्तै कोषाध्यक्षमा प्रताप परियार रहेका छन् भने सह कोषाध्यक्षमा गणेश भक्त गोसाई नियुक्त भएका छन् । त्यस्तै प्रदेश अध्यक्ष, कार्यसमिति सदस्यमा १८ सदस्य, र २ विशिष्ट सदस्य चयन गरिएको छ ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *