
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँग पुन भेटवार्ता गरेका छन् । शनिबार पनि प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेका हुन् ।
प्रधानमन्त्री र ओलीबीच आज मध्यान्हबाट छलफल भइरहेको हो । एमाले सचिव टोपबहादुर रायमाझीविरुद्द नक्कली शरणर्थी प्रकरणमा पक्राउ पूर्जी जारी गरिएपछि ओलीले प्रधानमन्त्रीलाई बारम्बार भेट गरिरहेका हुन् ।
ओलीले प्रधानमन्त्रीलाई शुक्रबार पनि भेट्न चाहेका थिए । त्यसअघि ओलीले पक्राउ पूर्जी जारी गरेको खबर पाएलगत्तै बिहीबार ओलीले प्रधानमन्त्रीलाई भेटेका थिए । सो क्रममा ओलीले पूर्वउपप्रधानमन्त्री समेत भइसकेकालाई बाटोबाटै किन पक्राउ गर्नुपर्ने भन्दै चासो राखेका थिए ।
प्रहरीले नक्कली शरणर्थी प्रकरणमा एक सचिवसहित, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार सहित केहीलाई नियन्त्रणमा लिइसकेको छ ।
एमाले सचिव टोपबहादुर भने हालसम्म पक्राउ पर्न सकेका छैनन् । उनलाई प्रहरीले खोजीरहेको छ ।