
काठमाडौं । नेकपा एमाले सांसद टोपबहादुर रायमाझीको संसद पद निलम्बन गरिने भएको छ ।
आज बस्ने संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठकमार्फत सांसद रायमाझीको पद निलम्बन गरिने भएको हो ।
संघीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने उल्लेख गरिएको छ ।