टोपबहादुर रायमाझी एमालेको सचिव पदबाट निलम्बित

टोपबहादुर रायमाझी एमालेको सचिव पदबाट निलम्बित

काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई पार्टीबाट निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका रायमाझीलाई अनुसन्धान र कारबाहीको टुंगो नलागुन्जेल एमालेले निलम्बन गरेको हो ।

बुधबार पार्टी महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पदबाट निलम्बन गरिएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय सचिवालयको निर्णयलाई समेत ध्यानमा राख्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यस सम्बन्धी अनुसन्धान र कानुनी कार्बाहीको प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ ।’

अदालतले रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेदेखि उनी फरार छन् । मंगलबार रायमाझीको सातदोबाटोस्थित निवासमा पनि प्रहरीले छापा मारेको थियो । तर उनी फरार छन् । शरणार्थी प्रकरणमा प्रहरीले उनका छोरा सन्दीप सहित १० जनालाई पक्राउ गरिसकेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *