टोरन्टोबाट सकियो नेपथ्यको क्यानडा कन्सर्ट

टोरन्टोबाट सकियो नेपथ्यको क्यानडा कन्सर्ट

लोकप्रिय सांगीतिक समूह नेपथ्य ब्यान्डले टोरन्टोको ऐतिहासिक स्मारकका रूपमा श्रद्धा गरिने सभागृह मेस्सी हलबाट क्यानाडाको श्रृंखलाबद्ध सांगीतिक यात्रा समापन गरेको छ।

पहिलोपटक क्यानडामा प्रस्तुत ब्यान्डले सुरुमा क्यालगरी त्यसपछि भ्यानकुभर हु“दै अन्त्यमा टोरन्टोमा आप्mनो प्रस्तुति पस्केको हो। कन्सर्टका लागि एक घन्टा अगावै हलको ढोका खुल्नासाथ दर्शकको उपस्थिति शुरु भएको नेपालयले जनाएको छ। पहिलो प्रस्तुतिका रूपमा सा कर्णाली म्युजिक भिडियो बज्नासाथ तीनतल्ले हलको टनाटन दर्शक घेराले उत्तेजना र उत्साहको आवाज गुञ्जाएका थिए।

मञ्चमा ब्यान्डको उपस्थितिपछि भने कोशीको पानी यो जिन्दगानीबाट नेपथ्यको सांगीतिक सा“झको सुरुवात गरिएको थियो। त्यसपछि एकपछि अर्को गर्दै नेपथ्यले लगातार नया“ र पुराना गीतहरू प्रस्तुत गरेको थियो। ब्यान्डका गायक एवं अमृत गुरुङले सधंैजस्तै कन्सर्ट अवधिभर दर्शकस“ग गीतको साथसाथै संवादलाई जारी राखे।

‘नेपालीहरू जतासुकै फैलिए पनि हामी सबैको साझा घर नेपालै हो’ अमृतले भनेका थिए ‘तपाईंहरूले यहा“ सिकेको सीप र आर्जन गरेको धन जोडेर स्वदेशको निर्माण गर्नुपर्छ।’ उनले विदेशमा बसेका बेला नेपाली एकजुट हुनुपर्ने आवश्यकता पनि औंल्याउ“दै मुलुकभित्र विभाजन ल्याउन खोज्नेहरूविरुद्ध खबरदारी पनि गरे। ‘हामीबीच जात, धर्म र वर्गजस्ता कुरा अघि सारेर जो जसले विभाजन ल्याउन खोजे पनि त्यसको जवाफ हामीले एकजुट भएर दिनुपर्छ। त्यस्ता विभाजनकारीलाई हामीले उल्टो मानवता र भाइचाराको प्रवद्र्धन गरेर देखाइदिऊ“।’

टोरन्टोमा नेपथ्यको कन्सर्ट हेर्नका लागि छिमेकी मुलुक अमेरिकाबाट पनि उल्लेख्य संख्यामा दर्शक जम्मा भएका थिए। कन्सर्टमा यो जिन्दगानी गीत प्रस्तुत गरिरह“दा गायक अमृतले पछिल्लो समय नेपथ्य ब्यान्ड मानव सेवा आश्रमस“ग मिलेर मानवताको सेवामा समर्पित भइरहेको जानकारी पनि गराएका थिए। नेपथ्यले तीव्र दर्शक उत्तेजनाकै बीच रातो र चन्द्रसूर्जे गीतबाट आप्mनो प्रस्तुति अन्त्य गरेको थियो।

कन्सर्टमा अमृतलाई सधैंझै“ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *