ट्रेकटरले ठक्कर दिइ गम्भीर घाइते भएका ब्यक्तिको उपचारमा समस्या

ट्रेकटरले ठक्कर दिइ गम्भीर घाइते भएका ब्यक्तिको उपचारमा समस्या

अवध जागरण , बहादुरगन्ज
मंसिर ७ गते बहादुरगन्ज चेकपोस्ट नजिकै मोटरसाइकल र ट्रेकटर बिच भएको दुर्घटनामा शिवराज नगरपालिका वडा नं. ७ का सन्तोष कुमार चौधरी र शिवराज नगरपालिका वडा नं. ८ बसोबास रहेका जगदिश कोरी घाइते भएका थिए ।

दुबै घाइतेको अवस्था गम्भीर रहेको हुँदा उनीहरुलाई शिवराज अस्पतालमा प्राथमिक उपचार गरि बुटवल लगियो र त्यहाँ गुणस्तरीय र संतोषजनक उपचार नभएकोले बिरामीको अवस्था गम्भीर हुँदै गई रहेको हुँदा तत्काल उनीहरुलाई ललितपुर जिल्ला स्थित नेपाल मेडिसिटी अस्पतालमा पुर्याइ उपचार भैरहेको घाइते सन्तोष कुमार चौधरीका दाई अलोक कुमार चौधरीले बताउनुभयो ।

यस्तै घाइते कोरि दैनिक ज्यालादारीमा काम गर्ने अती बिपन्न परिवारका हुन । उनी माथी ४ जना बालबालिका , श्रीमती र वृद्ध आमा आश्रित छन् । आर्थिक रूपमा परिवार धेरैनै कमजोर भएको हुँदा घाइते कोरिको उपचारमा निकै समस्या आइरहेको छ । ललितपूर जिल्ला स्थित नेपाल मेडिसिटी अस्पतालमा खुट्टा बाहेक अन्य उपचार सकेर खुट्टको अपरेसन गर्न डा.को सल्लाह बमोजिम हाल काठमाण्डौँ स्थित के.एम.सी.अस्पतालमा सारिएको छ र संभवतः आउने मंगलवार कोरीको खुट्टाको अपरेसन हुने जानकारी प्राप्त भएको छ। हालसम्म उनको उपचार खर्च मानवताको नाताले आर्का घाइते चौधरीका दाइ आलोक चौधरीले बेहोर्नु भएको छ भने इष्टमित्र र केहि सहयोगी ब्यक्तिले समेत सहयोग गरेका छन् ।

दुर्घटना हुँदा ठक्कर दिने गाडीका चालक घटना स्थलमै घाइते लाइ छोडेर भागने प्रयास गरेको चालक र सवारी साधनलाई केही स्थानीय र प्रहरीले नियन्त्रणमा लिएको तर समयमै घाईतेहरुलाई अस्पताल नपुर्याएको र आफन्तलाईहरुलाई समेत खबर नगरी दुर्घटना पश्चयात (२०-३०) मिनेट सम्म घाईतेहरुलाई घटना स्थलमै राखेको पछि स्थानीयहरुले सनाखत गरी गम्भीर घाईते चौधरीका दाई आलोक चौधरीलाई जानकारी गराएको र उँहा घटना स्थलमा पूगी उपचारका लागि बहादुरगन्ज स्थित शिवराज अस्पतालमा भर्ना गराएका थिए । घाइते संतोषका दाइ आलोक चौधरीले गाडी धनीलाइ फोन गरि उपचारको जिम्मा लिन आग्रह गरेका थिए । तर गाडी धनीले भने कुनै किसिमको वास्ता नगरेको पीडितका दाइ बताउनु हुन्छ । एक हप्ता बितनै लाग्दा समेत गाडी धनीले कुनै किसिमको सहयोग नगर्दा दुबै घाइतेको उपचारका लागी रकम ब्यवस्थापन गर्न आफुलाइ अत्यन्तै गाह्रो भैरहेको आलोक चौधरी बताउँछन् ।

चौधरीले एक त गलत लेनमा गाडी छिरि आफ्नो भाइ र संगै रहेका ब्यक्तिलाइ गम्भीर घाइते बनायो त्यसमाथि उपचारमा कुनै किसिमको सहयोग समेत नगर्नु ठुलो अपराध भएको बताउनुभयो । चौधरीले प्रहरी प्रशासनले समेत सवारी धनीलाई हालसम्म कानुनी दायरामा ल्याउन नसक्नुमा प्रहरी प्रशासनको समेत कमजोरी देखिएको आरोप लगाउनु हुन्छ ।
१० दिन बिति सक्दापनि वास्तविक सवारी धनी को हो? सवारीको कागजात पत्र छ कि छैन? कर, नवीकरण तथा विमा अध्यावधिक छ कि छैन समेत पत्ता लगाउन सकेको छैन ।

पीडितका दाइ आलोक चौधरीले अहिलेसम्म दुबैको उपचारमा १६ लाख बढी खर्च भैसकेको र अझै डाकटर अनुसार २० लाख भन्दा बढी उपचार खर्च लाग्ने बताउँछन् । चौधरीले प्रशासन चाडै गाडी धनीलाइ कानुनी दायरामा ल्याइ उपचारको जिम्मा नलगाए दुबै घाइते पैसाको अभावमा अस्पतालमै अलपत्र पर्ने अवस्थामा रहेको बताउँनुभयो ।

चन्द्रौटाबाट कृष्णनगर तर्फ गइरहेको लु ३९ प ६४३९ नं.को मोटरसाइकललाई बिपरित दिसाबाट गलत सडकको लेनबाट आइरहेको लु ४ त ३२६ नं. को ट्रालि जोडिएको ट्रेक्टरले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटना पश्चात ट्रेकटर चालक घाइतेलाइ अलपत्र अवस्थामा छोडि फरार भएका थिए ।

यसैगरी यस विषयमा गणेशपुर इलाका प्रहरी कार्यालयको प्रमुख बिजय तिम्लसिना संग प्रतिक्रिया लिदा प्रहरीले दोषी चालकलाइ हिरासतमा लिइ अङ्गभङ्गको मुद्दा चलाइ सकेको बताउनु भएको छ भने घाइतेको उपचारको लागी गाडीधनीका छोरा काठमाडौंको गैसकेको समेत जानकारी गराउनु भयो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *