ठमेलमा इओन र वर्षाको डान्स

ठमेलमा इओन र वर्षाको डान्स

आगामी मंसिर २९ गते रिलिजमा आउने फिल्म दुई कदमको एक गीत ए मेरा बाबै निको छायांकन राजधानीमा गरिएको छ।
राजधानीको ठमेलस्थित टेन एक्स क्लबमा दुई दिनयता गीतको छायांकन गरिएको हो। गीतमा आशिष अविरल र निरुषा भट्टराईको स्वर, निरुषाको शब्द र आशिषको संगीत, आशिषकै एरेन्ज, मिक्सिङ र मास्टरिङ छ।

गीतमा फिल्मका कलाकार इओन लिम्बू र अभिनेत्री वर्षा शिवाकोटी फिचर्ड छन्। वर्षा फिल्ममा यही गीतमा मात्र देखिनेछिन्। सौरभ लामाले खिचेको गीतमा उनीहरूलाई कोरियोग्राफर कविराज गहतराजले छमछमी नचाएका छन्। उदय सुब्बाद्वारा निर्देशित फिल्ममा सुनील थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल, प्रीतिका शर्मालगायतले पनि अभिनय गरेका छन्।

अजम्बरी फिल्म्स्को ब्यानरमा तारादेवी लिम्बूद्वारा निर्मित फिल्ममा दयाराम घिमिरेको कथा तथा पटकथा, डीपी खनालको गीत रचना, ताराप्रकाश लिम्बू र विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन, विक्रम डीसीको छायांकन र प्रवीण ढकालको सम्पादन रहेको छ। फिल्म रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *