
- सुरेश भट्ट
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा किसानहरुले नगरपालिकाका कर्मचारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।
नगरपालिकामा सेवा दिने समयमा किसानहरुले गेट बन्द गरेर गाई बाधेर धर्ना दिएपछि नगरपालिकाबाट पाउने सेवा प्रभावित भएको छ । बिहीवार नगरपालिकाबाट हुने पशुपंक्षी निकाशी पैठारीको ठेक्कामा अनियमितता भएको र किसानलाई दुख दिने काम भएको भन्दै किसानले नगरपालिका बन्द गर्दै धर्ना दिएका हुन ।
यो कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको कार्यालय हो । किसानहरुले नगरपालिकाका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएपछि बिहिबार कार्यालयमा दिइने सेवा नै अवरुद्ध बन्यो । दोधारा चाँदनी नगरपालिकामा १ सय कुखुरा फर्म, ५० गाइ फर्म ७० वटा बाख्रा फर्म रहेको छन । जसको निकाशी पैठारीको कर उठाउने हो भने वार्षिक १२ लाख हुने र नगरपालिकाले ६० हजार रुपैयामा ठेक्का दिएपछि नगरपालिकामा धर्ना दिएको हिंमाशु पोल्टि फर्मका संचालक भरत दत्त भट्ट बताउँछन् ।
देश कृषिमा आत्मनिर्भर बनाउने नारा लगाउने नेताहरुले कृषिमा नै कर लगाइ स्थानियको ढाड सेक्ने काम गरेको र अनुदान दिने किसानलाइ कर लगाएको भन्दै धर्ना दिएका हुन् ।
दोधारा चाँदनी नगरपालिकाले नगरपालिकाबाट हुने पशुपक्षी निकाशी पैठारीको कर उठाउने ठेक्का दिमुक निर्माण सेवालाइ वार्षिक ६० हजार रुपैँयामा दिएको थियो ।
नगरपालिकाले दिएको ठेक्का रद्द गर्न नसकिने हुनाले करको बारेमा ठेकेदारसंग छलफल गरीएको र कुखुरा व्यवसाय बाट उठाएको कर सेवाग्राहिलाई नै सेवा दिने नगरपालिकाको भनाइ छ
कुखुरा व्यवसाय बाट उठाएको कर सेवाग्राहीलाई नै सेवा दिने नगरपालिकाको उक्त निर्णय लिखित हुनुपर्ने किसानको माग छ । यदि माग सम्वोधन नभए आन्दोलनले उग्र रुप लिने किसानहरुले चेतावनी समेत दिएका छन् ।