
असोज २९ देखि कार्त्तिक २ गते सम्म भएको कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरु र पूर्व विद्यार्थीहरु बीच विभिन्न विधामा खेलकुद आयोजना गरी भएको फाइनल खेलमा विजेता खेलाडीहरूलाई समापनका कार्यकममा पुरस्कार वितरण गरिएको थियो।
पुरस्कार वितरण गर्दै हंसपुर इलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी प्रमुख यमनारायण अर्यालले सफलता चाहनेले जीवनमा अनुशासन र नैतिक शिक्षा नबिर्सिन आग्रह गरे ।
पुरस्कृत हुनेहरूमा फुटबलमा बिजेता बन्न सफल टिम आनन्द, त्यस्तै भेट्रान तर्फ बिजेता ब्याच ६९, सर्बाधिक गोलकर्ता किसोर पुन भेट्रान तर्फ उत्कृष्ट खेलाडी ब्याच ६९का गौरब प्रधान भए ।
स्कुल तर्फ टिम आनन्दका आनन्द गुरुङ, छात्रा भलिबल तर्फ प्रथम म्यनेजमेन्ट १२, द्वित्तीय होटेल म्यानेजमेन्ट १२, छात्रतर्फ साइन्स १२, छात्र तर्फ भलिबलमा बेस्ट स्पाइकर प्रेम गुरुङ उत्कृष्ट खेलाडी मुस्कान गुरुङ तथा छात्रा तर्फ भलिबलमा बेस्ट स्पाइकर रक्षा गुरुङ, उत्कृष्ट खेलाडी कृपा सुनार, छात्रतर्फ टेबल टेनिसमा प्रथम अनिश गुरुङ दोस्रो प्रतिक अधिकारी र तृतीय असिम पौडेल, छात्रा तर्फ टेबल टेनिसमा सुरभी अधिकारी दोश्रो राजश्री राना र तृतीय रुपा गुरुङलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
डायमण्ड माविका निर्देशक माधवशरण उपाध्यायले समापन गर्नु हुदै विद्यार्थीको चरित्र असल बनाउन प्रेरित हुन खेल महत्वपूर्ण भएको भन्दै बधाई, धन्यवाद् तथा शुभकामना व्यक्त गरे । कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल यमबहादुर रोका, व्यवस्थापक प्रमुख हरिप्रसाद लामिछाने, सल्लाहकार समितिका तर्फबाट संञ्जीव थापा, संयोजक शिव लामिछानेले बधाई तथा शुभकामना व्यक्त गरे ।