डा.अधिकारीको जन्मदिनमा कविता संग्रह लोकार्पण

डा.अधिकारीको जन्मदिनमा कविता संग्रह लोकार्पण

काठमाडौँ। 

वरिष्ठ मनोचिकित्सक तथा मानसिक अस्पताल पाटनका निर्देशक डा. अनन्त अधिकारीले शनिवार आफ्नो जन्मदिनको अवसरमा फुटकर कविता संग्रहको कविता कृति “सर्वाइवल नोट“ लोकार्पण गराएका छन्।

सुप्रसिद्ध साहित्यकार प्रा. डा. अभि सुवेदीको प्रमुख आतिथ्यमा डा.अधिकारीको जन्म दिनको अवसरमा उनकै कृति सर्वाइवल नोट लोकार्पण गरिएको थियो ।

डा. अधिकारीले आफू मनोचिकित्साको विद्यार्थी भएको र मानिसले आफ्नो जिवनलाई सामान्य सोसाईट नोट लेखेर अन्त्य गर्न नहुने पुस्तक लोकार्पणका अवसरमा बताए । उनले कविता वाचन गर्दै आफ्नो भावना व्यक्त गरेका थिए ।

कविता संग्रह लोकार्पण समारोहमा डा. अच्युत वाग्ले, डा. गीता त्रिपाठी, लेखक डा. अनन्त अधिकारी, संगीतकार सुरेश अधिकारी, कलाकार मनोज गजुरेल र साहित्यकर्मी रमेश पौडेल लगायतका प्राज्ञहरुको उपस्थितिमा प्रज्ञा प्रतिष्ठानमा बृहत् कार्याक्रमका बीच कविता संग्रह लोकार्पण गर्नुका साथै डा.अधिकारीलाई जन्मदिनको शुभकामनाको ओइरो लागेको थियो ।

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका कुसादेवीमा जन्मिएका डा.अधिकारीले  चिकित्सा शास्त्र अध्ययन संस्थानबाट चिकित्सा शिक्षा पुरा गरी मनोचिकित्सकका रुपमा लामो समय देखि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल हुँदै मानसिक अस्पताल पाटनमा सेवा गर्दै आएका छन् ।

विदेशमा प्रशस्त अवसर पाएर पनि स्वदेशमै बसेर देश र नागरिकको स्वास्थ्य सेवामा सर्मपित भै लागि पर्ने अठोटका साथ अधि बढेका  डा. अधिकारी एक जुझारु युवा साहित्यकार पनि हुन ।

उनी  हरेक दिन मानसिक अस्पतालमा मनोपरामर्श सेवालाई उच्च स्तरिय बनाउँने र गाउँ गाउँ सम्म मनोसामाजिक उपचार कसरी पुर्‍याउने भन्ने विषयमा चिन्तन गर्छन्  । हप्ताको एक दिन उनी  आफ्नो जन्मथलो पनौती नगरपालिका, कुसादेवीमा नगरपालिकासँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएका छन् । शिविरमा मनोपरामर्शका साथै उपचार समेत हुने हुनाले प्रत्येक हप्ता तथा तोकिएको दिन बिरामीहरुले उनको प्रतीक्षा बिहानै देखि गर्छन् र बिरामीको सेवा नै धर्म हो भन्ने मान्यताका साथ उनी  सेवामा तल्लीन हुन्छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *