डिप्रेसनमाथि लघु फिल्म

डिप्रेसनमाथि लघु फिल्म

काठमाडौं ।

‘साथी सुन्न यार, मलाई आजकल केही नै राम्रो लाग्दैन भने जिन्दगीमा केही बाँकी नै छैन जस्तो छ। कस्तो निस्सासिएको जस्तो, मुटु पनि अजिव तरिकाले धड्किन्छ। भिडियोमा देख्ने गर्थें यस्तो डिप्रेसन हुँदा हुन्छ।’ भेटघाटमा एक युवा आफ्नो अनुभव साथीमाझ सुुनाउँछन्।

उनको कुरा सकिन नपाउँदै उनका साथीहरू भने ‘खानुअघि नै लाग्यो कि के हो तँलाई’ भन्दै मदिराको गिलास उसको हातमा थमाइदिन्छन्। साथीहरूबाट सल्लाह सुझाव र हौसलाको अपेक्षा गरेका उनी आफ्ना साथीले आफ्नो कुरै नसुनी उल्टै डिप्रेसन शब्दकै उपेक्षा गरेको देख्दा निराश हुन्छन्। घरमा पनि असहज महसुुस गरिरहेका उनलाई आफ्नी आमाले पनि नबुझिदिँदा झन् असहज महसुस हुन्छ।

त्यति नै खेर प्रेमिकाको फोनको घण्टी बज्छ फोन उठाउन नपाउँदै प्रेमिकाले गुनासो पोख्छिन्। प्रेमिकाले आफ्नो घरमा विभिन्न स्तरका व्यक्तिसँग विवाहको कुरा चलिरहेको र आफूलाई विवाह गर्न भन्छिन्।

आफूले राम्रो जागिरका लागि प्रयास गरिरहेको र माहोल मिलेपछि विवाहको कुरा अगाडि बढाउनेमा प्रेमिकालाई विश्वस्त पार्न खोज्छन्। तर, प्रेमिकाको तिक्तताले भरिएको जवाफपछि उनी आफूलाई एक्लो महसुस गर्छन्।

साथीभाइ परिवार र प्रेमिकाले आफ्नो परिस्थिति नबुझेपछि उनी चारैतिरबाट आफ्नो गल्ती देख्न पुग्छन् भने अरूले चाहेअनुरूपको आफू बन्न नसेकोमा ग्लानी महसुस गर्दै अगाडि कुनै पनि बाटो देख्नैनन् र आत्महत्याको बाटो रोज्न पुग्छन्।

उनले मृत्युको बाटो रोजपछि जीवित हुँदा उनका कुरा सुन्न नचाहने साथीले ‘म थिएँ त साथी मलाई भनेको भए हुने’ भन्दै सामाजिक सञ्जालमा तस्वीर राख्दै श्रद्धाञ्जली दिन्छन्।

कथा डिजिटलको प्रस्तुति र नवीन श्रेष्ठको निर्देशनमा बनेको सर्ट फिल्म डिप्रेसन द अन्टोल्ड स्टोरीको हो यो। लभिन अन्सारीको प्रमुख भूमिका रहेको लघु फिल्मले पछिल्लो समय बढ्दै गइरहेको मानसिक समस्याबारे जनचेतना फैलाउने प्रयास गरेको छ।

सर्ट फिल्ममा लभिनको साथमा युन्चो लिम्बू, अन्जिता शेर्पा, दीपा थानी र दर्पण बस्नेतले अभिनय गरेका छन्। सुनील श्रेष्ठको छायांकन रहेको फिल्ममा मेरोकिपा ग्यालरीको सम्पादन रहेको छ। यो लघु फिल्म कथा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *