डीएभीमा भरत नाट्यम साँझ

डीएभीमा भरत नाट्यम साँझ

ललितपुरको डीएभी स्कुलले शुक्रबार भरत नाट्यम विशेष शास्त्रीय साँझ सम्पन्न गरेको छ।

बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाको आतिथ्यतामा सम्पन्न कार्यक्रममा डीएभी स्कुलका प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीले विभिन्न प्रकारका भरत नाट्यम नृत्य प्रस्तुत गरेका थिए। साथै चर्चित भारतीय कलाकारद्वय सौन्दर्या पानापिल र शशी रमेशले बेजोड प्रस्तुति दिएका थिए। डीएभी विद्यालयका प्राथमिक तहका विद्यार्थीले पुष्पाञ्जलि भरत नाट्यम प्रस्तुत गरे भने निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीले व्रmमशः अलरीप्पु र मल्लारी नृत्य प्रस्तुत गरे। भरत नाट्यम प्रशिक्षकद्वय अनु लामा र बिनिता मण्डल पनि विद्यार्थीसँगै प्रस्तुत भएका थिए।

कार्यक्रममा गजवन्दना करुना साधना, पग घुँगरु बन्ध मिरा र तीलना धनश्री नृत्यसमेत प्रस्तुत गरिएका थिए। सांस्कृतिक साँझ सुशीला आर्ट्स एकेडेमी काठमाडौं, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र काठमाडौ र डीएभी विद्यालयले संयुक्तरुपमा आयोजना गरेको हो। सुशीला आटर््स एकेडेमिकी संस्थापक युलिया कोइरालाले शास्त्रीय शिक्षाको महङ्कव र विद्यार्थीको सर्वाध्र्गीण विकासको अन्तरसम्बन्ध बारेमा चर्चा गरेकी थिइन्। स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा. आश्वारी बापतले भरत नाट्यम साहित्य र संस्कृतिको एक अनुपम विधा रहेको चर्चा गर्दै सुशीला आर्टस एकेडेमी र डीएभी विद्यालयले सयुक्त प्रशिक्षण सञ्चालन गरिरहेको सुन्दा आफू निकै हर्षित भएको बताइन्। प्रमुख अतिथि अभिनेत्री मनीषा कोइराला बाल्यकालमा भरतनाट्यम र मणिपुरे नृत्य सिकाएकी स्व. सुशीला कोइरालाको स्मरण गर्दै भावुक बनिन्। उनले ससाना बालबालिकाको प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरिन्। सोही अवसरमा विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *