डीडब्लुसी पाइपको उत्पादन सुरु, विदेश निर्यात हुने

  • गणेशमान बसेल

काठमाडौँ । विभिन्न निर्माण सामग्री उत्पादन तथा बिक्री–वितरण गरिरहेको नेपाटपले ढल निकास प्रयोजनका लागि प्रयोग हुने डि.डब्लु.सी पाइपको उत्पादन सुरु गरेको छ । भारत, चीन लगायत विश्वका विभिन्न देशहरुमा केहि दशक अघिबाटै सफल प्रयोग भएको डिजाइन तथा मापदण्ड प्रयोग गरि अत्याधुनिक प्रविधि सहितको मेशिनरी नेपालमा नै भित्र्याई डि.डब्लु.सी पाइप उत्पादन शुरु गरेको नेपाटपले जनाएको छ । नेपालमा डि.डब्लु.सी पाइपले उत्पादन तथा वितरण थालेसँगै सिमेन्टबाट निर्मित कंक्रिट ढल पाइप विस्तारै विस्थापित हुने कम्पनीको दाबी छ ।

विगत दुई दशक भन्दा लामो अवधिदेखि विश्वका विभिन्न मुलुकहरुमा उत्पादन र प्रयोग हुँदै आएको डि.डब्लु.सी (डबल वाल कोरुगेटेड) पाइप कोरोगेटेड डिजाइनमा रहेको कम्पनीले जनाएको छ । हाल प्रचलित अन्तराष्ट्रिय मापदण्ड तथा डिजाइनको परिधिभित्र रही १०० मिलिमिटरदेखि १२०० मिलिमिटरसम्म गोलाईका पाइप रहेको कम्पनीले बताएको छ ।

त्यस्तै, नेपाल गुणस्तर तथा नापतौल विभागले केही समय अगाडि पारित गरेको डि.डब्लु.सी पाइपको मापदण्ड नेपाल गुणस्तर नम्बर ५९५ चिन्ह प्राप्तिको प्रक्रियामा रहेको नेपाटपको भनाई छ ।

विगतमा छिमेकी मुलुक चीन, भारतबाट आयात गरि नेपालको विभिन्न परियोजनाहरुमा प्रयोग हुँदै आएको उक्त पाइप स्वदेशी लगानी एवम् श्रममा नेपालमा नै उत्पादन शुरु गरेपछि विदेशबाट हुने आयात पुर्ण रुपमा ठप्प हुनुका साथै स्वदेशमा रोजगार सिर्जना भएको छ । नेपालमा विगतदेखि प्रयोग भइरहेको सिमेन्टको कंक्रिट ढल पाइपको तुलनामा जडान गर्न छिटो, सजिलो, बलियो, सामान्य जडान पश्चात् मर्मत सम्भारको झन्झट नहुने तथा लागत मुल्यमा समेत सस्तो पर्ने कम्पनीको दाबी छ ।

नेपालको पूर्वाधार विकासमा डि.डब्लु.सी पाइप साना–ठुला ढल निकास आयोजना, ढल प्रशोधन केन्द्र, राजमार्गका कल्भर्ट, वर्षाजन्य प्रकोप नियन्त्रण परियोजना लगायतका क्षेत्रमा निक्कै प्रभावकारी हुने नेपाटपले जनाएको छ । यसमा सरकारले नितिगत रुपमा सहयोग गरे मुलुकमा उद्योग प्रवर्द्धन हुनका साथै समग्र अर्थतन्त्रमा नै सुधार हुने नेपाटपको भनाई छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top