ढल्यो कोशी सरकार, मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

ढल्यो कोशी सरकार, मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

  • तारा आचार्य

विराटनगर । कोशी प्रदेशमा वर्तमान सरकार ढलेकाे छ । कोशीका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले विश्वासकाे मत प्राप्त गर्न नसक्दा उनी नेतृत्वकाे सरकार ढल्न पुगेकाे हाे ।

प्रदेश सभामा आज भएको मत विभाजनका क्रममा उनले  विश्वासको मत प्राप्त गर्न सकेनन् । मुख्यमन्त्री कार्कीको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको छ । १ सिट भएको जसपाकी सांसद निर्मला लिम्बू भने दुवै पक्षमा समर्थन नगर्ने भएर अनुपस्थित भइन् । ८९ सदस्य उपस्थित रहेका थिए।

९३ सदस्यीय कोशी प्रदेशमा बहुमतका लागि ४७ जना सांसदहरु आवश्यक रहेको अवस्थामा सत्तारुढ दल नेकपा एमालेका ४० र राप्रपाका ६ गरेर ४६ जनाले पक्षमा मतदान गरे । विपक्षी गठबन्धनका दलहरु नेपाली कांग्रेस २९, नेकपा माओवादी केन्द्र १२ र नेकपा एससँग ४ गरेर जम्मा ४३ जना मात्र सांसदहरु विपक्षमा रहेका छन् ।

मुख्यमन्त्रीकाे पक्षमा बहुमत नपुगेकोले अस्वीकार भएको सुनाउँदै सभामुखले अर्को सुचना नआएसम्मका लागि बैठक नै स्थगित गरेका छन्।।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *