ढाकाकुमार रविलाई काउसो

ढाकाकुमार रविलाई काउसो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाही भोगेपछि सांसद पद गुमाएका ढाकाकुमार श्रेष्ठलाई तत्काल कारबाही नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । जेठ ५ गतेसम्म ढाकाकुमारमाथिको कारबाही यथावत राख्न अदालतको आदेश छ । कोर टिमको नाम खोल्ने धम्की दिएका ढाकाकुमारले अदालतको आदेशबाट सांसदकै भूमिकामा फर्किने मनशाय राखेका छन् । तर, रास्वपासँग अब उनको सम्बन्ध कस्तो बन्ला त ?

मन्त्री बन्न २ करोड घुस रकम मागेको आरोप लागेपछि पार्टीको कारबाहीमा परेका तत्कालीन सांसद ढाकाकुमारले आफूमाथि अन्याय भएको दाबी गर्दै आएका थिए । अडियो प्रकरणमा आफूलाई फसाइएको दाबी गरेका उनले अदालतबाट क्लिन चिट ल्याएर आफू फेरि सांसदको भूमिकामा फर्किने जिकिर रास्वपा केन्द्रिय कार्यालय धुम्बाराहीमा गरेका थिए ।

पोखरामै सहकारी वचतकर्ताको लगानी डुबाएको भन्दै ठगी आरोप खेपेका ढाकाकुमार विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँगको आर्थिक लेनदेन प्रकरणमा आरोपित व्यक्ति हुन् । तर, सोहि अडियोका कारण कारबाही परेपछि सांसद पद नै गुमाएका ढाकालाई अदालतको अल्पकालीन अन्तरिम आदेशले भने केहि राहत दिएको छ ।

प्रतिनिधिसभामा ढाकाकुमारमाथि कारबाही भएको सुचना सभामुखले दिई सकेका छन् । कारबाही नै केहि समयसम्म रोकेर राखेका सभामुखले ढाकाकुमारलाई कारबाही गरेपनि उनी अदालत पुगे । सर्वोच्चले ढाकाकुमारलाई कारवाही गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम अल्पकालीन आदेश दिएको छ । तर, रास्वपाबाटै सोमबार नै ढाकाकुमारको ठाउँमा विन्दवासिनी कंंशाकार सामानुपातिक सांसद नियुक्त भएकी छन् ।

न्यायधीस तिलप्रसाद श्रेष्ठको इजलासले रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिको नाममा कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश दिएको हो । यो आदेश थोरै समयका लागि हुन्छ । यसकारण पनि ढाकाकुमारको विषय केहि समयमै एउटा निष्कर्षमा पुग्नेछ । तर, सांसद नियुक्त भइसकेकी कंसाकार भने तत्काल सांसद पदको सपथ लिन नपाउने भएकी छन् । यता, केहि राहत पाएका ढाकाकुमारले आफ्नो विपक्षमा फैसला आए के गर्लान ? कोर टिमको विषयमा केहि बोल्न सक्लान ? यस्ता प्रश्न सतहमा देखिएका छन् । तर, यो विषयमा थप थाहा पाउन केहिसमय कुर्नैपर्नेछ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *