तरकारीमा बढ्यो परनिर्भरता : बिचौलियालाई राहत, उपभोक्तालाई आहत

तरकारीमा बढ्यो परनिर्भरता : बिचौलियालाई राहत, उपभोक्तालाई आहत

  • गणेशमान बसेल

काठमाडौँ । पछिल्ला वर्षहरुमा नेपालमा तरकारीमाथिको परनिर्भरता अत्यासलाग्दोे छ । यसैलाई मध्येनजर गर्दै सरकारले नयाँ बजेट मार्फत् आयातित तरकारीलाई निरुत्साहित गर्न भन्दै मूल्य अभिवृद्धि कर लगायो । तर, कर लगाएसँगै दैनिक रुपमा अत्याधिक प्रयोग हुने आलु, प्याजको कृतिम अभाव हुनुका साथै कालोबजारी मौलाएको छ । तर, व्यापारीले जनतालाई करमुक्त गर्न यो अवस्था आएको पनि झुटो लेपन लगाइ रहेका छन् । यसले उपभोक्ता चरम मारमा छन् भने विचौलीयाहरु मालामाल भइरहेका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत् स्वदेशी वस्तुलाई प्रोत्साहन गर्न भन्दै तरकारीजन्य वस्तुको आयातमा १३ प्रतिशत कर लागाएको थियो । जसअन्तर्गत सरकारको उक्त भ्याट लागाउने निर्णयको १५ दिन पनि बित्न नपाउँदै नेपालीहरुको भान्छामा अधिक प्रयोग हुने आलुृ र प्याजको बजारमा चरम अभाव हुनुका साथै भाउ ह्वात्तै बढेको छ । दैनिक ८० देखि एक सय टनसम्म भित्रिने गरेको प्याज व्यवसायीहरुले जेठ १८ गतेदेखि आयात ठप्प गरेका छन् । जसका कारण काठमाडौंको कालीमाटी तरकारी तथा फलफुल बजारमा अहिले प्याज भित्रिएकै छैन भने आलुको मुल्य निक्कै आकाशिएको छ । सरकारको उक्त निर्णय हतारमा भएको कालिमाटि तरकारी तथा फलफुल बजारका उप निर्देशक विनय श्रेष्ठको भनाई छ ।

नेपालमा प्रशस्त प्याज उत्पादन नहुँदा भारतबाट आयात गर्नुपर्ने समस्या छ । तर त्यहि प्याजको मुल्य आकाशिदा उपभोक्ता मारमा छन् भने व्यापारी पनि केहीहदसम्म प्रभावित छन् । सरकारले प्याजमा भ्याट लगाउने घोषणा गरेपछि व्यापारीले मनमौजी रुपमा प्याज आयात गरेका छैनन् । यसले पहिले होलसेलमा ३० देखि ४० रुपैयामा विक्रि भइरहेको प्याज अहिले खुद्रा पसलहरुमा प्रति किलो ९० रुपैयासम्म तिर्न उपभोक्ताहरु बाध्य छन् । आलु भने अहिले नेपालमा सिजन नै भएकाले बजारमा यसको अभाव भएको छ्रैन तर भाउ निक्कै आकासिएको छ । सरकारले मुलृुकभित्रको आन्तरिक उत्पादनबारे विस्तिृत अध्ययन नै नगरिकन तरकारी आयातमा भ्याट लगाउदा आम उपभोक्ता चर्को मुल्य वृद्धिको मारमा पर्नुका साथै कालो बजारी, भन्सारमा तस्करी झनै बढ्ने उपभोक्ता अधिकार कर्मीको भनाई छ ।

केन्द्रीय भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी कुल ८५ हजार सात सय ३५ मेट्रिक टन बराबरको एक अर्ब ३० करोड २८ लाख ११ हजार रुपैयाँको ताजा तरकारी आयात भएको छ । यसमा पनि नेपाल महिल्यै देखी प्याजमा परनिर्भर छ । जसमा २०७८÷७९ मा नेपालले ६ अर्ब १७ करोड ५ लाख ७१ हजार रुपैयाँको प्याज आयात गरेको थियो । सरकारले स्वदेशमै व्यवसायीक तरकारी उत्पादन र बजार प्रबद्र्धनमा ध्यान दिन सके उपभोक्ता र किसान दुवैलाई राहत मिल्ने जानकारहरु बताउँछन् ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *