
काठमाडौं । तीन शीर्ष दलबीच सहमति नभएपछि प्रतिनिधि सभाको बैठक भोलि मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा मंगलबार तीन शीर्ष नेताबीच छलफल अघि बढाइए पनि सहमति नजुटेपछि भोलि ३ बजेसम्मका लागि संसद बैठक स्थगित भएको हो ।
सहमति नजुटेपश्चात् संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक २३ साउनको दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ ।
एमालेले सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने अडान नछाडेपछि सोमबार बसेको पहिलो तीन दलबीचको बैठक विनानिष्कर्ष सकिएको थियो । त्यसलगत्तै सभामुखको कार्यकक्षमा बसेको बैठकमा पपनि सहमति नजुटेपछि संसद बैठक मंगलबार दिउँसो ३ बजेका लागि सर्न पुगेको हो ।
सोमबार १२ बजेदेखि सुरु भएको तीन दलको बैठकमा सरकार पक्ष सुन प्रकरण छानविनका लागि समिति गठन गर्न नचाहने र एमालेले अडान कायमै राखेको थियो ।