तौलिहवामा चैत्र १ देखी महोत्सव शुरु हुने

कपिलवस्तु , फाल्गुन ३०
जिल्ला सदरमुकाम तौलिहवामा चैत्र १ गते ७ औं प्राचिन कपिलवस्तु महोत्सवको उदघाटन हुने भएको छ । चैत १ देखि १२ गते सम्म तौहिलवाको वुद्धपद्यम उच्च उमाविको खेल मैदानमा महोत्सव हुनेछ । सो महोत्सवको आयोजक तौलिहवा उधोग बाणिज्य संघ एवं सह-आयोजक कपिलवस्तु नगरपालिका रहेका छन् ।

कपिलवस्तु जिल्ला पुरातात्त्विक र एतिहासिक सम्पदाले भरिपुर्ण छ । त्यसैमा कपिलवस्तु नगरपालिका ३ वटा बुद्धको क्रिडा स्थल , जगदीशपुर चरा आरछय , चर्चित ताम्रेश्वर नाथ मन्दिर लगायत महत्त्वपूर्ण सम्पादको धनी रहेको छ । तर पनि इ सम्पुर्ण धार्मिक र पर्यटकीय स्थलहरु ओझेलमा परेको छ । सम्पुर्ण पर्यटकीय स्थलहरुको प्रचारप्रसार , कृषि क्षेत्र, ब्यापार क्षेत्रको बिकास लगायत मुख्य अभिप्रायका साथ ७ औं प्राचीन कपिलवस्तु महोत्सवको आयोजना हुन लागेको तौलिहवा उधोग बाणिज्य संघको अध्यक्ष एवं महोत्सवको संयोजक गयादिन कुर्मी उर्फ दिपुले बताउनु भएको छ ।

मेलामा कृषि ,पर्यटन ,घरेलु तथा लघु उद्यम, वाल उद्यान, समेत रहनेछन। महोत्सवमा एक लाख बढी दर्शकले अवलोकन गर्ने र एक करोड बढीको कारोवार हुने मेला संयोजक चौधरीले बताए । महोत्सवमा एक सय बढी स्टल रहनेछन। महोत्सवमा चर्चित लोकदोहरी गायक पशुपति शर्मा, बद्री पंगेनी, हेमन्त शर्मा, भोजपुरी गायिका प्रिती पासवान लगायतका कलाकारहरुको समेत प्रस्तुती रहनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top