तौलिहवामा लामखुट्टे आतंक नियन्त्रणको प्रयास शुन्य जनप्रतिनिधि चुनावी अभियानमा ब्यस्त

अजय सहानी , कपिलवस्तु
अहिले सम्पुर्ण जिल्ला बासी लामखुट्टे आतंकबाट पीडित बन्न पुगेका छन् । यसैक्रममा कपिलवस्तु नगरपालिकाको मुख्य बजार क्षेत्रका तौलिहवा बासी लामखुट्टेबाट सबैभन्दा बढी पीडित बनेका छन् ।

तौलिहवा बजार भित्र र वरिपरि सार्बजनिक पोखरीको संख्या धेरै छ । उक्त पोखरीहरु फोहोर र झाडीले भरिभराउ छ । लामखुट्टेलाइ प्रजनन गर्न र आफ्नो बासस्थान बनाउन उक्त पोखरीले महत्त्वपूर्ण भुमिका खेलेको छ । यसै पोखरी र फोहोर नालाबाट लामखुट्टेले आफ्नो जनसंख्या वृद्धि गरि आम जनता संगै अन्य पशु चौपायालाइ दुख दिइरहेका छन् । लामखुट्टेले मलेरिया , मस्तिष्क जोरो , डेङु जस्ता घातक रोग लाग्ने गरेको सबैलाइ सर्बिबिदितै छ । जनता लामखुट्टेबाट पीडित भैरहेका बेला यहाँका जनप्रतिनिधि भने स्थानीय निर्वाचनको चुनावी तयारीमा ब्यस्त देखिन्छन् ।

अहिले तौलिहवा संगै जिल्लामै लाम्खुट्टेबाट बच्न मछड धुप ( कोइल) , झुल , इलेक्टि्रक ग्याजेट लिक्युड लगायत लामखुट्टे धपाउने समाग्रीको बिक्री र माग बढेको छ । तर पालिका , वडा लगायत अन्य सम्पुर्ण निकाय भने लाम्खुट्टे आतंकलाइ रोक्न कुनै कदम चालेका छैनन् । कपिलवस्तु नगरपालिकामा लाम्खुट्टे नियन्त्रण गर्न औषधी छर्कन बिशेष किसिमको फोगिङ मेसिन समेत ल्याएको थियो । पछिल्ला बर्षमा २-४ पटक तौलिहवाका मुख्य बाटोमा औषधि छर्कि लामखुट्टे नियन्त्रणको प्रयास समेत गरेकै हुन् । तर यसपालि भने जनता लामखुट्टेबाट पीडित भैसक्दा पनि अझै नियन्त्रणका कुनै प्रयास भएको छैन ।

हाल बजारमा पाइने लामखुट्टे नियन्त्रण गर्ने कोइलले पनि लाम्खुट्टेलाइ केहि असर नपुगेको र आफुहरु रातभरि सुत्न धेरै समस्या भैरहेको कवनपा-३ बरन्डिहवा निवासी गोबिन्द यादव बताउँछन् । यसै विषयमा स्थानीयहरु संग कुरा गर्दा गत बर्ष पालिकाले बाटोमा औषधि छर्कि नाटक मात्र गरेको बताउँछन् । लामखुट्टेको मुख्य उदगम स्थल पानी जमने पोखरी , खाल्डाखुल्डी , नाली , झाडीमा औषधि नछर्के सम्म यसलाइ नियन्त्रण गर्न नसक्ने स्थानीय बताउँछन् ।

अहिले गर्मी सुरु भएसंगै लाम्खुट्टेको संख्यामा वृद्धि भएको र दिउँसो नै लाम्खुट्टेले टोकेर हैरान पार्ने गरेको आदर्श टोल निवासी बिमलेश मौर्यले बताउँछन् । लामखुट्टेका कारण बालबालिका सबैभन्दा बढी पीडित भएको र बालबालिका विभिन्न घातक रोगबाट संक्रमित हुने डरले अभिभावकलाइ सताएको छ ।

यसै विषयमा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल संग भेटी लामखुट्टे नियन्त्रण विषयमा कुरा गर्दा गैरजिम्मेवारी पुर्ण प्रतिक्रिया दिएका छन् । उनले लामखुट्टे नियन्त्रण गर्न कुनै प्रयास नभएको र हाल सम्म कुनै योजना समेत नबनाएको बताए । पौडेलले लाम्खुट्टे प्राकृतिक बिपत्ति भएकोले अलिक बढी घाम हुने बित्तिकै लाम्खुट्टे आफैं हराउँदै जाने समेत बताए ।

यसैगरी पालिकामा रहेको फोगिङ मेसिनको बारेमा बुझ्न खोज्दा फोगिङ गर्ने रसायनले पर्यावरणलाइ चाहिने पुतली , मौरी लगायतका अन्य उपयोगी जिवजनतुहरु मर्ने हुँदा यसको बिरोध पश्चात् हाललाइ फोगिङ कार्य बन्द गरिएको समेत पालिकाले जनाएको छ ।

यस्तै लाम्खुट्टेबाट बच्न आवस्यक रहेको तर रासायनिक कोइल केमिकल प्रयोग भन्दा झुल प्रयोग गरि लामखुट्टेबाट बच्न हाम्रो अनलाइनका स्वास्थ्य सल्लाह डा. मनिष श्रीवास्तवले बताउनु भएको छ ।

यसैगरी हाल छिमेकी देश भारत सहित धेरै देशले पर्यावरणलाइ मध्यनजर गर्दै लाम्खुट्टे उत्पादन हुने पोखरी , खाल्डाखुल्डी , नालामा बिशेष किसिमको मस्क्युटो फिस ( लामखुट्टे खाने माछा ) लाइ छोडी लामखुट्टे नियन्त्रणको बैकल्पिक प्रयास गरिरहेका छन् । उक्त माछाले लाम्खुट्टेका अन्डा , लार्भाहरु भारी मात्रमा आफ्नो आहारको रुपमा खाने हुँदा प्राकृतिक रुपमै लाम्खुट्टे नियन्त्रण हुने गरेको विभिन्न रिपोर्टहरुले बताउँछन् । नेपालमा पनि यो माछाको प्रयोग गरि लामखुट्टे नियन्त्रण गर्न सकिन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *