तौलिहवामा ” संबाद एक अनुभव ” नामरहेको पुस्तक  बिमोचन

तौलिहवामा ” संबाद एक अनुभव ” नामरहेको पुस्तक बिमोचन

अवध जागरण , बहादुरगन्ज
जिल्लाको तौलिहवामा आज युवा साहित्यकार युवराज गुप्ता ( बैरागी ) द्वारा लिखित पुस्तक ” संबाद एक अनुभव ” बिमोचन गरिएको छ ।

तौलिहवाको आनंदबाग स्थित साहित्यकार पशुपति मणि त्रिपाठीको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार हरिराज शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ” संबाद एक अनुभव ” नाम रहेको उक्त किताबको बिमोचन गरिएको छ। विभिन्न साहित्यकार , गायक , हस्तकला कलाकार , संचारकर्मि लगायतको उपस्थितिमा शनिबार पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार श्यामप्रकाश लाल श्रीवास्तव , साहित्यकार शकुन्तला पौडेल , स्थानीय गायक संदिप दुबे , अवधि पत्रकार संघका जिल्ला अध्यक्ष निरहु यादव , मुर्ति एवम् हस्तकलाकार बिनय त्रिपाठी , समाजिक अभियन्ता गोपि कृष्ण श्रेष्ठ , बिनोद केवट लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा मन्तव्य राख्दै विभिन्न अतिथिहरुले युवा साहित्यकार युवराज गुप्तालाइ बधाई तथा शुभकामना व्यक्त गर्दै उनको आगामी साहित्यीक यात्रामा आफुहरुले सक्दो सहयोग गर्ने प्रतिबद्ध व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका वरिष्ठ साहित्यकार हरिराज शर्माले साहित्य क्षेत्रमा बिस्तारै पुन नयाँ पिढि आइरहेको देख्दा आफु हर्सित भएको बताएका थिए । कार्यक्रममा अध्यक्षता गरेका पशुपति मणि त्रिपाठीले युवा साहित्यकार गुप्ताले बिमोचन गरेको पुस्तकले नेपाली साहित्य क्षेत्रमालाइ थप योगदान दिएको बताएका थिए ।

यसैगरी कार्यक्रममा बोल्दै युवा साहित्यकार गुप्ताले आफु सानै देखी कविता लेख्ने , विभिन्न लेख रचना लेख्ने गरेको बताएका छन् । उनले हाल नेपाल प्रहरीमा काम गरिरहेको र फुर्सदको समयमा उनले साहित्य क्षेत्रमा कलम चलाउने गरेको बताएका छन् । उनले अवधी कल , संस्कृति र साहित्य क्षेत्रमा काम गर्न बिशेष रुचि रहेको समेत बताएका छन् । गुप्ता आफ्नो प्रथम पुस्तक बिमोचन पस्चात निकै खुशी हुँदै उक्त पुस्तकमा आफुले आफ्नो जिवनमा हालसम्म भोगेका अनुभव र केहि कबिता समाबेश गरेको समेत बताएका थिए । उक्त कार्यक्रम शिक्षक भानु चतुरबेदिले संचालन गरेका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *