त्यो दिन म प्रधानमन्त्री भएर होइन ज्ञानुको बुवा बनेर बोल्न पुगे : प्रधानमन्त्री प्रचण्ड

त्यो दिन म प्रधानमन्त्री भएर होइन ज्ञानुको बुवा बनेर बोल्न पुगे : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले दिएको अभिव्यक्तिले संसद अवरुद्ध गरिएपछि सोमबार सुचारु भएको संसदमा त्यसबारे स्पष्टीकरण दिएका छन् ।

पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्ति प्रधानमन्त्री नभएर ज्ञानुको बुवा बनेर बोल्न पुगेको उनले स्पष्टीकरण दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘मनमा आयो भने । के राष्ट्रपति नै घात गर्ने कुरा हो त ? मैले त्यस्तो भाषा नबोल्नुपथ्र्याै । प्रधानमन्त्रीको हैसियतले मैले त्यो नबोल्नुपथ्र्याै तर त्यो दिन मलाई के सम्झना छ भने त्यो दिन म प्रधानमन्त्री भएर बोलिन । म ज्ञानुको बुवा बनेर बोल्न पुगे । र, मैले त्यो सेन्टिमेन्ट सम्झिन पुगे । र, प्रितम सिंहलाई सदासयताका निम्ति धन्यवाद दिन पुगे । त्यति त हो कुरा । यत्तिले हिजो राष्ट्रको स्वाधिनताका निम्ति लडेको कुरा सकियो ? नाकाबन्दी हुँदा गरेको अडान र गरेको संघर्ष प्रतिपक्षका साथीहरुलाई राम्रोसँग थाहा छ । मेरो त्यो अभिव्यक्तिले सबै सिद्धियो त ?’

प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षले राजीनामा माग्नेवित्तिकै राजीनामा किन दिनुपर्ने भनेर पनि प्रश्न गरेका छन् । उनले संसदमा स्पष्टीकरणको मौका दिनुपर्ने पनि बताए ।

उनले भने, ‘स्पष्टीकरणको मौका पनि नदिई राजीनामा ? के त्यही स्तरको हो त्यो ? के मैले सम्मानित संसद अगाडि उभिएर भन्न पाउनुपर्दैन ? किन ३ दिन संसद अवरुद्ध गरियो मैले बुझ्न सकेको छैन । यही हो लोकतान्त्रिक विधि र परम्परा ? के प्रतिपक्षले प्रश्न उठाउने वित्तिकै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो ?, संसदमा स्पष्टीकरणको मौका पनि नदिनुपर्ने हो ?’

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *