त्रिकोणात्मक सिरिज : नेपाल र हङकङ भिड्दै

त्रिकोणात्मक सिरिज : नेपाल र हङकङ भिड्दै

काठमाडौं ।

घरेलु मैदानमा जारी युएई सम्मिलित त्रिकोणात्मक टि-२० आई सिरिजमा आज शनिबार नेपाल र हङकङ भिड्दैछन्।  माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजे सुरु हुनेछ। नेपालले सिरिजमा तेस्रो खेल खेल्न लागेको हो भने हङकङले दोस्रो खेल खेल्न लागेको हो।

बिहीबार भएको सिरिजको पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ।पहिलो खेलमा हङकङले दिएको ९५ रनको मध्यम लक्ष्य नेपालले १३।५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित १९।३ ओभरमा ९४ रनमा समेटिएको थियो।

डबल राउण्ड रोविनमा जारी सिरिजको शीर्ष स्थानमा रहने २ टोलीले उपाधिका लागि भिड्नेछन्। आगामी १३ गते सोमबारदेखि घरेलु मैदानमा हुने आईसिसी टी-२० विश्वकप एशिया क्षेत्र छनोटको तयारी स्वरुप नेपालले सिरिज आयोजना गरेको हो।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *