दयारामको सम्झनामा पलको स्वर

दयारामको सम्झनामा पलको स्वर

काठमाडौं ।

गीतकार दयाराम पाण्डेयको शब्द रचनामा सम्झना बोलको नया“ गीत सार्वजनिक भएको छ। गीत भारतीय टेलिभिजन गायन रियालिटी शो इन्डियन आइडल–३ का उपविजेता अमित पलले गाएका छन्।

पलले नेपाली गीत गाउने आफ्नो रहर पूरा भएकोमा खुसी व्यक्त गरेका छन्। छिट्टै नै सांगीतिक कार्यक्रमको शिलशिलामा नेपाल आउन चाहेको र नेपाली दर्शक श्रोतास”ग साक्षात्कार गर्न आफू निकै नै उत्सुक रहेको पनि उनले बताएका छन्।

‘यो गीत शब्द संगीतका हिसाबले निकै नै उत्कृष्ट रहेको छ’ उनले भनेका छन्। कृष रिजालको संगीत रहेको गीतको इजाज अलिले संगीत संयोजन र मिक्सिङ गरेका छन्।

सुरेन्द्रमान कार्कीको छायांकन, सम्पादन र कलर ग्रेडिङ रहेको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। विशाल गुरुङले निर्देशन गरेको गीतको भिडियोमा मुक्ति उप्रेती र योगिसा महर्जनलाई काष्ट गरिएको छ।

गीत र यसको भिडियो एबी म्युजिक क्रिएसनको प्रस्तुतिमा तयार भएको हो।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *