दयाहाङ डोको बोकेर मिरुनाको पछिपछि

दयाहाङ डोको बोकेर मिरुनाको पछिपछि

घरज्वाईं नामक फिल्मको रमाइलो क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ।
अनिल बुढा मगरद्वारा निर्देशित फिल्मको एक लुक्समा बन्दुक बोकेका अभिनेता दयाहाङ राई रिसाहा अवतारमा प्रस्तुत भएका छ्न भने अर्कोमा उनी अभिनेत्री मिरुना मगरका साथ डोको बोकेर हिंडिरहेको देखिन्छ।

पूर्वीरुकुमका विभिन्न रमणीय स्थानमा करिब एक महिना छायांकन गरिएको फिल्ममा निर्देशक अनिल बुढाको कथा, उनका साथमा विनोद खतिवडा र सुभाष कोइरालको पटकथा र संवाद, तथा सुसन प्रजापतिको छायांकन रहेको छ।

आगामी असार २८ गते रिलिजमा आउने फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, सोनाम लामा, विवेश बुढामगर, सुनिल मगरलगायतले अभिनय गरेका छन्।

जिएम मुभिज्को ब्यानरमा जनक घर्ती मगरद्वारा निर्मित फिल्ममा हर्क साउद र मनोज थापाको शब्द र संगीत, रामजी लामिछानेको कोरियोग्राफी र कृष्ण भन्डारीको सम्पादन रहनेछ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *