दादासाहेब फाल्के अवार्ड वहिदालाई

दादासाहेब फाल्के अवार्ड वहिदालाई

बलिउड फिल्म नगरीको सबैभन्दा प्रतिष्ठित अवार्ड दादासाहेब फाल्के अवार्ड २०२३ को घोषणा भएको छ।

यस वर्षको दादा साहेब फाल्के अवार्ड साठी र सत्तरीको दशकमा बलिउडमा राज गर्ने अभिनेत्री वहीदा रहमानलाई प्रदान गरिने भएको छ। भारतको केन्द्रीय सूचना एवम प्रसारणमन्त्री अनुुराग ठाकुरले ट्विटरमार्फत यस वर्षको दादा साहेब फाल्के अवार्ड वहिदालाई प्रदान गरिने जानकारी गराएका हुन्। ‘मलाई यो घोषणा गर्दा खुसी र सम्मान महसुस भइरहेको छ कि वहीदा रहमानजीको भारतीय सिनेमामा शानदार योगदानका लागि यस वर्षको दादा साहेब फाल्के अवार्डबाट सम्मान गरिनेछ’ उनले लेखेका छन्।

अभिनय र नृत्यको खानी वहिदालाई बलिउडमा सुन्दर अभिनेत्रीको उपमा दिइन्थ्यो। तेलुगु फिल्मबाट अभिनय यात्रा शुरु गरेकी वहीदाले धेरै जस्तो आइटम गीतमा नृत्य गरेकी छन्। सोही क्रममा उनले पहिलो बलिउड फिल्म नै अभिनेता देव आनन्दका साथ गर्ने मौका पाएकी थिइन्। त्यसपछि बलिउडमा वहिदा र देव आनन्दको जोडी निकै लोकप्रिय बनेको थियो। सीआईडीदेखि गाइडसम्म स“गै काम गरेका वहिदा र देव आनन्दको फ्यान लार्खौं थिए। हिन्दी र तेलुगुको अलावा उनले बंगाली, मलायम फिल्ममा समेत काम गरेकी छन्। उनले यसभन्दा अघि भारतको राष्ट्रिय फिल्म अवार्ड, फिल्म फेयर अवार्ड, पद्मश्री अवार्ड, पद्म विभूषणलगायत दर्जनौं पुरस्कार चुमिसकेकी छन्।

भारतीय सिनेमाको पितामह मानिने ढुन्डिराज गोविन्द फाल्के (दादा साहेब) महाराष्ट्रको एक फिल्म लेखक, निर्देशक तथा पटकथा लेखक थिए। उनले सन् १९१३ मा निर्माण गरेको सत्य राजा हरिशचन्द्र भारतको पहिलो फिचर फिल्म मानिन्छ। उनको नामबाट प्रत्येक वर्ष भारत सरकारले कला क्षेत्रमा योगदान गर्ने दिग्गज व्यक्तित्वलाई यो अवार्ड प्रदान गर्दै आएको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *