दान्भीका लागि पूजाको एक्सन अवतार

दान्भीका लागि पूजाको एक्सन अवतार

नायिका तथा निर्मात्री पूजा शर्मा अब एक्सन अवतारमा देखिने भएकी छन्। उनको शीर्ष भूमिका रहेको फिल्म दान्भीको हाल धमाधम एक्सन दृश्यको छायांकन भइरहेको छ।

फिल्मको निर्माण पक्षले राजधानीको नैकापमा सेट नै लगाएर यसको क्लाइमेक्सका दृश्य खिचिरहेको छ। जहाँ, नायिका शर्माले एक्सन अवतारमा काम गरिरहेको फिल्मका निर्देशक रुपेश तामाङले जानकारी गराए। फिल्मका लागि श्री श्रेष्ठले एक्सन निर्देशन गरिरहेका छन्। हरि लामा घलेको छायांकनमा निर्माणाधीन फिल्ममा कथा रविना थापा मगर र पटकथा तथा संवाद संजोग रानाको छ। फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ।

अनुप गदाल र देव मगरको लगानीमा निर्माणाधीन फिल्ममा कमला लिम्बू र गोकुल सुवेदी सहनिर्माता छन्। दान्भीको क्लाइमेक्समा सय जना फाइटर प्रयोग गरिएको निर्देशक तामाङले जानकारी गराए। फिल्मको क्लाइमेक्सका लागि हामी निकै मेहनत गरिरहेका छौ। दर्शकले साउथ र बलिउड फिल्ममा देख्दै आउनुभएको उच्च तहको एक्सन अब नेपाली फिल्ममै देख्न पाउनुहुनेछ, निर्देशक तामाङले भने। नायिका शर्माले उत्साहका साथ एक्सन दृश्यका लागि काम गरिरहेको बताइन्। फिल्मको मेकरले एक्सनका लागि कुनै कसर बाँकी राख्नुभएको छैन। मैले पनि आफूले सकेको मेहनेत गरिरहेको छु। आशा छ, दर्शकले नेपाली फिल्ममा एक्सनको नयाँ प्रयोग हेर्न पाउनुहुनेछु पूजाले भनिन्। उनले एक्सनमा काम गर्न सजिलो नभएको अनुभवसमेत सुनाइन्।

फिल्ममा पूजाको साथमा नायक कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन्। फिल्मको क्लाइमेक्स र केही एक्सनको दृश्य खिचेर यसको निर्माणपक्ष बाँकी दृश्यका लागि दार्जिलिङ प्रस्थान गर्नेछ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *