दियालो आविको वार्षिकोत्सव

पोखरा । दियालो आधारभूत विद्यालयको ४९ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम आइतबार भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका १३ स्थिति उक्त विद्यालयले वार्षिकोत्सवका अवसरमा विभिन्न पुरस्कार एवं सम्मान अर्पण गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहमद अलि शेखको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जुद्धबहादुर थापाले पुरस्कार एवं सम्मान प्रदान गरे । वडाध्यक्ष थापाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका वृद्धिका लागि अभिभावक, विद्यार्थी र शिक्षकको सामूहिक मेहनत जरुरी रहेको बताए । विद्यालयका प्रअ हरिप्रसाद कोइरालाई वार्षिक प्रतिवेदनका साथमा आगामी कार्ययोजना प्रस्तुत गरे ।

शिक्षिका मिनादेवी ढकालले सञ्चालन गरेको कार्यक्रममा स्वागत अर्की शिक्षिका शर्मिला दवाडीले गरेकी थिइन् । कार्यक्रममा विद्यार्थीका तर्फबाट जोया मिया, सौभाग्य पौडेलले स्वागत गरे । विद्यालयका पूर्र्व विद्यार्थी एवं स्थानीय अगुवा शालिग्राम कोइरालाले उक्त अवसरमा शुभकामना व्यक्त गरे । उक्त अवसरमा विद्यालयमा विशेष योगदान गर्ने कमलकान्त कोइरालाका छोरा मोतिराज कोइराला, पूर्व शिक्षक गीतादेवी लामिछाने, दाता कुदरत अलिमिया, जैतुन मिया, शिक्षक भगवती पौडेल र मिनादेवी ढकाललाई सम्मान गरिएको छ । पूर्व विद्यार्थी समेत रहेका कुदरत अलीले ३८ जना विद्यार्थीलाई पोसाक प्रदान गरेका थिए । वार्षिकोत्सवका अवसरमा पुतलीबजार १३ भुजुंगे निवासी (हाल जापान) सपना कोइराला बुवा घनश्याम र दाजु कृष्णप्रसाद कोइरालाको स्मृतिमा ३० हजार ५० रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । कार्यक्रमका बीच विद्यार्थीद्वय विद्या नेपाली र नुर्जा मियाले कविता वाचन गरेका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top