दिलमाया खाती मिरिकमा गोपाल योञ्जन स्मृति स्रष्टा सम्मानबाट सम्मानित

दिलमाया खाती मिरिकमा गोपाल योञ्जन स्मृति स्रष्टा सम्मानबाट सम्मानित

संगीत साधक स्व. गोपाल योञ्जनको ८०औ“ स्मृति दिवसको अवसरमा ख्यातिप्राप्त गायिका दिलमाया खातीलाई सम्मान गरिएको छ।

गोपाल योञ्जन प्रतिष्ठानद्वारा भारतको दार्जिलिङस्थित मिरिकमा हालै आयोजित कार्यक्रममा ८५ वर्षीया खातीलाई एक लाख ६० हजार रुपैया“सहित गोपाल योञ्जन स्मृति स्रष्टा सम्मान प्रदान गरिएको हो।

विछोडको पीडा नसकी खप्न दशैंको बेलामा, खोलाको दुई किनार, सम्हाल पछ्यौरी, सम्झे है बुझे है यो मेरो जोवन, बचाइराख, अरु केही माग्दिन”, पारिबाट फुक्योलगायत दर्जनौं नेपाली गीत गाएकी खातीको योगदानको कदर गर्दै सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष एवं संगीतकार मित्र लामाले बताए। समारोहमा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल, दार्जिलिङ क्षेत्रीय प्रशासन संस्कृति विभाग प्रमुख अनोज थापा, गीतकार डा. जस योञ्जन प्यासीलगायतले प्रतिष्ठानद्वारा प्रकाशित स्मारिका गोपालाञ्जली लोकार्पण गरेका थिए। स्मारिकामा सांगीतिक नक्षत्र गोपाल योञ्जनले नेपाली आधुनिक गीत–संगीतमा पु¥याएको योगदानका विभिन्न कालखण्ड र घटना वृतान्त समेटिएको छ।

समारोहअघि दार्जिलिङ क्षेत्रीय प्रशासन संस्कृति विभाग प्रमुख अनोज थापाले प्रतिष्ठानद्वारा मिरिकमा स्थापित गोपाल योञ्जनको पूर्णकदको सालिक अनावरण गरेका थिए। ‘गोपाल योञ्जन नेपाली आधुनिक गीत–संगीतको सगरमाथा हुन्’, योञ्जनको योगदानबारे चर्चा गर्दै साहित्यकार केवलचन्द्र लामाले भने, ‘स्वर, संगीत र शब्दका त्रिवेणी योञ्जन आज संसारभर नेपाली जातीयतालाई जोड्ने सेतुको रूपमा स्मरणमा रहिरहेका छन्।’ आठ दशकअघि भारतको दार्जिलिङको मिरिकमा जन्मिएका योञ्जनको विसं २०५४ मा काठमाडौंमा निधन भएको थियो।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *