दीपकको पर्खी बसेँ तिमीलाई २७ गते आउने

दीपकको पर्खी बसेँ तिमीलाई २७ गते आउने

काठमाडौं ।

सञ्चारकर्मी तथा निर्देशक दीपक श्रेष्ठद्वारा निर्देशित फिल्म तिमीलाईको दुई पोस्टर सार्वजनिक गरिएको छ। आगामी पौष २७ गते अल नेपाल रिलिज हुने फिल्मको दुई पोस्टरमध्ये एकमा प्रेम भाव देखाइएको छ भने दोस्रोमा प्रेमले निम्त्याउने वेदना प्रस्तुत गरिएको छ।

निर्देशक श्रेष्ठद्वारा निर्देशित पर्खी बसेँ सुपरहिट भएपछि त्यसैको सिक्वेलस्वरूप पर्खी बसेँ तिमीलाई बनाइएको हो। निर्देशक श्रेष्ठले पर्खी बसे“बाट नयाँ कलाकारका रूपमा राजबल्लभ कोइराला र युना उप्रेतीलाई नेपाली रजतपटमा प्रवेश गराएका थिए।

यसपटक उनले आफ्नो २७औँ फिल्म पर्खी बसेँ तिमीलाईबाट किरण श्रेष्ठ र रक्षा बुढाथोकीलाई डेब्यु गराएका छन्। सार्वजनिक दुई पोस्टरमार्फत एउटामा दुई कलाकारको प्रेम र अर्कोमा सम्पूर्ण कलाकारको भावना प्रस्तुत गरिएको निर्देशक श्रेष्ठले बताए।

‘यो विशुद्ध प्रेमकथाको फिल्म हो। यसैले यसमा दुई नयाँ कलाकार किरण श्रेष्ठ र रक्षा बुढाथोकीलाई प्रवेश गराएका छौ“। पर्खी बसेंमा जस्तै यसमा पनि नया“ कलाकारलाई लिएर काम गरेको छु’ निर्देशक श्रेष्ठले भने ‘उहाँहरूलाई फिल्म उद्योगले स्वागत गर्नेमा विश्वस्त छु।’

अभिनेता किरणले पनि लभ स्टोरीमा प्रस्तुत हुन् पाउ“दा खुसी व्यक्त गरे। ‘दीपक सर जस्तो लिजेन्ड डाइरेक्टरस“ग काम गर्न पाएँ। त्यसैले निकै उत्साहित छु। यसमा आफू सुहाउँदो भूमिकामा छु’, किरणले भने।

अभिनेत्री रक्षाले प्रेम कथाको फिल्मबाट डेब्यु गर्न पाउँदा खुसी व्यक्त गरिन्। फिल्ममा लभर गर्लको रूपमा छु। नयाँ भए पनि टिमले गर्नुभएको सहयोगले आफ्नो काम देखाउने अवसर पाएकी छु, रक्षाले भनिन्।

यसमा फिल्म बादलपारिको लोकप्रिय गीत कालो चश्मा लाउ है मैयाको रिमेक भर्सन प्रयोग गरिएको छ। रिमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बास्कोटाको संगीत छ भने गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन्।

फिल्म विना सम्झौता तयार पारिएको निर्माता राजाराम बुढाथोकीले जानकारी गराए। ‘यसमा प्रेमस”गै पारिवारिक द्वन्द्वको मिश्रण छ, विशुद्ध मनोरञ्जनात्मक फिल्म बनेको छ’ उनको भनाइ छ।

रोमान फिल्म र तपश्री फिल्म्स् (सिक्किम) को संयुक्त ब्यानरमा राजाराम बुढाथोकीद्वारा निर्मित फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन्।

कोमल गुरुङको सह–निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बास्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, भूपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको फिल्मको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *